सुर्खेत । सुर्खेत वीरेन्द्रनगरबाट चिङ्गाड गाउँपालिकाको रानिबास जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
२००१ च ०५९६ नम्बरको बोलेरो जिप वीरेन्द्रनगरको छेडा नजिकै सडकबाट दुइसय मिटर तल खसेर दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।
घाइतेहरुमध्य ४ जना डिस्चार्ज भएका छन भने पाँचजनानको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाइतेमध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
