सुर्खेत । सुर्खेत वीरेन्द्रनगरस्थित बाङ्गेशीमल नजिकैको जंगलमा वेवारिसे शव फेला परेको छ ।
बाँङ्गेशीमलको प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिणतर्फ जंगलमा वेवारिसे अवस्थामा शव फेला परेको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । अहिले प्रहरी चौकी बाँगेशीमलको टोली घटनास्थल पुगेको छ । ‘शवको प्रकृति हेर्दा सडेको अवस्थामा छ,’ घटनास्थलमा पुगेका एक प्रहरीले भने, ‘शरिरमा कपडा छैन, खैरो रंगको कट्टु मात्रै छ । अनुहार चिनिने अवस्थामा छैन् ।’
प्रहरीले शव भेटिएपछि प्रक्रिया पूरा गरेर प्रदेश अस्पतालको पोष्टमार्टम गृहमा पठाउने तयारी गरेको छ । मृत भेटिएका व्यक्तिको पुरुष रहेको र उहाको पहिचान नभएको प्रहरीले जनाएको छ ।
सुर्खेत बाङ्गेशीमल नजिकैको जंगलमा वेवारिसे शव फेला
सुर्खेत बाङ्गेशीमल नजिकैको जंगलमा वेवारिसे शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
