सुर्खेत । शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाईकल र चालक नियन्त्रणमा लिईएको छ ।
प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ बर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाईलक पनि नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाईकलको ठक्करबाट शनिबार आठविस नगरपालिका–६ खिड्कीज्युलका ५ बर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो । यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाईकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका चालक र मोटरसाईकललाई हिजो राती प्रहरीले नियन्त्रणमा लिएको हो । बालकका आफन्तहरुले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका छन । उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए ।
बालक मृत्यु प्रकरण: चालक र मोटरसाइकल नियन्त्रणमा
बालक मृत्यु प्रकरण: चालक र मोटरसाइकल नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
