सुर्खेत । सुर्खेतका एचआइभी संक्रमितहरुले अहिले पनि आफुहरु हरेक क्षेत्रमा विभेदनमा पर्ने गरेको गुनासो गरेका छन् ।
शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता क्षेत्रमा आफुहरुलाई विभेद गर्ने गरिएको उनिहरुले गुनासो गरेका हु्न् ।
आफुहरु खुलेर झनै विभेदमा परेको भन्दै औषधी सेवन गर्न पनि लुकेर गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।
वीरेन्द्रनगरकी एक युवतिले आफु २४ बर्षदेखि एचआईभी संक्रमित भएको भन्दै औषधी खाँदा ट्वाइलेटमा गएर लुकेर खानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
समाजले अझैपनि संक्रमितहरुलाइ स्वीकार गर्न नसकेको भन्दै कर्णालीको ग्रामिण क्षेत्रमा एचआईभी संक्रमण भएका नागरिकहरु खुलेर औषधी सेवन गर्न नसकेको बताउनुभयो ।
विभेदकै कारण एचआइभी संक्रमित खुल्न नसकेको भन्दै यसले गर्दा समाजमा संक्रमणदर बढ्न सक्नेतर्फ सचेत गराउनुभयो ।
एचआईभीमा चिकित्सा शास्त्रले धेरै प्रगति गरिसकेको छ । अहिले एचआईभी संक्रमण सम्भावित् घटना भएको १४ दिनमै संक्रमण भए नभएको विषयमा चेकजाँच गर्न सकिन्छ । हाल संक्रमितहरुले प्रयोग गरिरहेको औषधीले समेत अन्य व्यक्तिमा संक्रमण सार्न निस्तेज गर्छ । यस्तो अवस्था हुँदा पनि विभेद कायम रहेको गुनासो संक्रमित हरुको छ ।
आफु वसोवास गरिरहेको क्षेत्र नजिकै औषधी वितरण हुने एआरटि सेन्टर रहेपनि नागरिकहरु सामाजिक तिरस्कारको डरले अन्यत्र टाढाका स्वास्थ्य संस्थामा पुगिरहेको उनले बताउनुभयो । ‘यतिसम्म छ कि, केहि साथिहरु कामका लागि वाहिर जानुहुन्छ । उहाँहरु औषधी खाने समय भयो भने ट्वाइलेटमा गएर खानुहुन्छ’, शनिवार राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा एचआईभी संक्रमित मानव अधिकार र कानून पुनरावलोकन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाले भन्नुभयो ।
सामाजिक चेतना अभावले अहिले एचआईभी संक्रमण अवस्थामा वाहिर खुलेका नागरिकहरु पनि पछुताउन थालेको नवकिरण प्लसका कार्यक्रम संयोजक देवेन्द्र पाठकले बताउनुभयो ।
तीन तहका सरकारले आफ्ना कार्यक्रमहरुमा एचआईभी संक्रमितहरुलाई समावेश गर्न नसक्दा तथा समाजमा समेत चेतनाको वृद्धि नहुँदा समाजमा खुलेका एचआईभी संक्रमितहरु अहिले पछुताउन थालेको उहाले बताउनुभयो । ‘एचआईभी संक्रमितहरुका लागि पोषण कार्यक्रम अन्र्तगत लिटो वितरण हुन्छ । त्यतिले उहाँहरुलाई पुग्दैन । यस तर्फ ध्यान दिनैपर्छ । त्यसैगरी बीमा कार्यक्रमले समेत संक्रमितहरुलाई उपचारमा सहज बनाउन सकेको छैन’, उहाले भन्नुभयो, ‘महंगा औषधी बीमाले दिदैन । सस्ता औषधी मात्र पाएर के गर्ने ?’
एभआईभि नियन्त्रण केन्द्र, काठमाडौंका निर्देशक डा. सञ्जय ठाकुरले पहिला जस्तो अवस्था नरहेको बताउनुभयो ।
पहिले तीन महिनामा पृष्टि हुने गरेपनि अहिले अहिले १४ दिनमै एचआईभी संक्रमणको अवस्था चेकजाँच गर्न सकिने उहाको डाक्टर ठाकुरको भनाई छ ।
हाल समाजमा रहेका एचआईभी संक्रमितहरुको यथार्त तथ्यांक नरहेको भन्दै स्थानीय स्तरमै जनचेतना बढाएर संक्रमितहरुको तथ्यांक वडामा राख्ने व्यवस्था गर्नुपर्ने डा. ठाकुरले बताउनुभयो । कर्णालीमा सात सय १३ जना एचआईभी संक्रमितहरु रहेको सरकारी तथ्याङ्क छ ।
एचआइभी संक्रमितहरुको गुनासोः हामीमाथी विभेद कायम छ, सचेतना फैलाइयोस्
एचआइभी संक्रमितहरुको गुनासोः हामीमाथी विभेद कायम छ, सचेतना फैलाइयोस्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
