सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार अध्यक्षका उमेद्वार गुलाबजङ्ग शाहले अग्रता कायमै राख्नुभएको छ । तिन सय मत गणना गर्दा शाहले १८० मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको हो ।
अध्यक्षका अर्का उमेद्वार मीनबहादुर शाहीले १०२ मत प्राप्त गरि दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै उपाध्यक्षका उमेद्वार टेकराज पछाइले १६८ मतसहित अग्रता लिइरहनुभएको छ । उहाको प्रतिस्पर्धी उपाध्यक्षका अर्का उमेद्वार लाल बहादुर महतराले ९६ मत पाउनुभएको छ ।
त्यसैगरी सचिवमा भने ध्रुव शाहीले २०७ मतसहित अग्रता लिइरहेका छ भने उहाका प्रतिस्पर्धी सचिवका अर्का उमेद्वार रुद्र शाहीले ७७ मत पाउनुभएको छ । उपसचिवमा भने रविन्द्रराज शर्मालदे अग्रता लिइरहनुभएको छ ।
एमाले कर्णाली अधिवेशनमा हिजो मतदान भएको थियो भने आज मतगणना शुरु गरिएको हो । अब आधा मत गन्न बाँकी रहेको जनाइएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनः मतगणना जारी, अध्यक्षमा गुलावजंगको अग्रता
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनः मतगणना जारी, अध्यक्षमा गुलावजंगको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
