सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यहरुले समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनिहरुले पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको भन्दै सडक प्रदेश राजधानी सुर्खेतमा सडक पेटीहरुको विस्तारमा जोड दिएका छन् ।
सांसद गमता विकले दैलेखको आठबिस नगरपालिकाका एक बालकले एरीचोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाउनुपरेको र दैलेख चामुण्डाकै एक बालक उषा बालबाटिका विद्यालयमा मृत भेटीएको घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाले दोषीलाई कारवाही गरि आफन्तहरुलाई न्याय दिन माग गर्नुभयो ।
सांसद घनश्याम भण्डारीले पनि दुइ बालकको मृत्यु भएको घटनाको विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथी कारवाही गर्न माग गर्नुभयो । उहाले सवारी दुर्घटना कम गर्न सडक पेटीहरुको विस्तार गर्न नसके यस्ता घटनाहरु बढ्दै जानेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाले भन्नुभयो, “कर्णाली प्रदेशको राजधानीका सडकहरु अव्यवस्थित छन्, यी सडकहरुका पेटीहरु विस्तार नगरे अझै दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सरकारले यतातर्फ ध्यान दिनुपर्छ ।”
सांसद सुरेश अधिकारीले प्रदेश राजधानी हुँदै सल्यान जोड्ने बालुवा संग्रही सडक ठेक्का भएको ६ बर्ष भएको तर बारम्बार ठेक्का सम्झौताको म्याद थप गर्दा पनि काम हुन नसकेको भन्दै यो सडककको काम तत्काल शुरु गर्न माग गर्नुभयो । सुर्खेत सल्यान जोड्ने सडकको ठेक्का भएको ६ बर्ष भयो । उहाले भन्नुभयो, “बारम्बार सदनमा कुरा उठायो मन्त्री ज्युहरुले काम हुँदै छ भन्न्नुहुन्छ । मन्त्रीहरु त्यही बाटो भएर पनि हिड्नुहुन्छ । ठेकेदारले काम गरे जस्तो पनि गर्छ । तर काम भने हुँदैन । म्याद भने थप भइरहेको छ । यो कतै मन्त्री र ठेकेदारको मिलेमतोमा जनता ठग्ने काम त भएको छैन । म सभामुख मार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु । तत्काल काम शुरु गरियोस् नभए ठेक्का तोडेर नयाँ ठेक्का सम्झौता गरियोस् ।”
उहाले अपाङ्गता भएका व्यक्तीहरुको अधिकार कागजमा मात्रै सिमित भएको बताउँदै कार्यान्वयनमा जोड दिनुभयो ।
सांसद रणसिंह परियारले बर्षाका कारण हुम्ला जिल्ला प्रभावित भएको भन्दै पहिरोका कारण हुम्लाको धेरै ठाउँमा लगाइएको धानबाली नष्ट हुनुका साथै पानीघट्ट कुलोहरु समेत बगाएको बताउनुभयो । उहाले क्षती भएका नागरिकहरुलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांस विन्दमान विष्ट लगायतका सांसदहरुले आफ्नो विषेश समयमा आफ्ना धाराणा राखेका थिए ।
यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णाली प्रदेश सरकार जागिरे मानसिकतामा केन्द्रीत रहेको आरोप लगाएको छ ।
सरकारमा रहेका मन्त्रीहरू जनताका लागि नभई जागिरको लागि मात्रै केन्द्रित भएको भन्दै सरकार औपचारिकतामा मात्रै सिमित भएको एमालेको भनाई छ ।
आज कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कंडेलले कर्णाली सरकार र मन्त्रीहरु जनताको काम गर्नको लागि होकी जागिरीको लागि भन्दै प्रश्न गर्नुभयो ।
नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्ष दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताउनुभयो । –––
दुर्घटनाको जोखिम बढेको भन्दै कर्णालीका सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण
दुर्घटनाको जोखिम बढेको भन्दै कर्णालीका सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
