सुर्खेत । कर्णाली प्रदेशबाट बार्षिक रु १ करोड ४० लाखभन्दा धेरैको खसीबो र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकार अन्तरगत पशुपंक्षी निर्देशनालयको तथ्याङ्क अनुसार बार्षिक रु १ करोड ४० लाख ४० हजारको खसीबोका निर्यात हुने गरेको हो । सरकारको तथ्याङ्कअनुसार कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसीबोका निर्यात भइरहेको छ ।
कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार दैनिक ११ लाख ७० हजारको खसीबोका प्रदेशबाट बाहिर निर्यात हुने गरेको कर्णाली प्रदेश पशुपंक्षी निर्देशनालयका प्रमुख कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो । कर्णाली मासुमा आत्मनिर्भर छ, पछिल्लो समय उत्पादन पनि बढेको छ । उहाले भन्नुभयो, यहाँबाट दैनिक रु ११ लाख ७० हजारको खसीबोका निर्यात भइरहेको छ, चाडपर्वमा अझै धेरैको खसीबोका र च्याग्रा निर्यात हुन्छ । यो हिसाबले बार्षिक रु १ करोड ४० लाख ४० हजार बराबारको निर्यात भइरहेको छ ।”
प्रदेशका १० जिल्लामध्य सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा खसी बोकाको उत्पादन धेरै हुन्छ भने माथिल्लो कर्णालीका पाँच जिल्लामा भेडा च्याग्राको उत्पादन धेरै हुने गर्दछ, पंगेनीले भन्नुभयो ।
उहाँका अनुसार कर्णाली प्रदेशका पाँच जिल्ला दुधमा समेत आत्मनिर्भर रहेको भन्दै केही रुपमा दुध बाहिर निर्यात भइरहेको छ । तर अण्डा भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको उहाको भनाई छ । अहिले कर्णाली प्रदेश सरकारले दुधमा अनुदान दिइरहेको छ, यसले गर्दा दुध उत्पादन पनि बढेको छ । “उहाले भन्नुभयो, अहिले पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम दुधमा आत्मनिर्भर छन्, यी जिल्लाबाट दैनिक तिन ट्याङ्कर दुध बाँके, बुटवलसम्म पुग्ने गरेको छ ।”
माथिल्लो कर्णालीका जिल्लाहरुमा भने दुध उत्पादन कम हुने गरेको भन्दै त्यस क्षेत्रमा उन्नत जातका पशुपालन गर्न प्रेरेरित प्रदेश सरकारले गरिरहेको उहाको भनाई छ । केही बर्षभित्र कर्णालीका सबै जिल्ला दुधमा पनि आत्मनिर्भर हुने उहाले बताउनुभयो ।
प्रदेश सरकारले पशुपालन व्यवसायतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उहाको भनाई छ ।–––
कर्णाली मासुमा आत्मनिर्भर, बार्षिक एक करोड ४० लाखभन्दा धेरैको खसीबोका निर्यात
कर्णाली मासुमा आत्मनिर्भर, बार्षिक एक करोड ४० लाखभन्दा धेरैको खसीबोका निर्यात
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु