सल्यान । सल्यानमा वस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३१ का सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउपालिका ६ का अन्दाजी ४० बर्षिया अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको वस कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।
सल्यानमा वस दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते
सल्यानमा वस दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
