सुर्खेत । संविधान कार्यान्वयन गर्न जनप्रतिनिधिहरुको भुमीका महत्वपूर्ण रहेको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली काङ्ग्रेस निकट ‘टक सेन्टरले गरेको संविधान कार्यान्वयनमा जनप्रतिनिधीको भूमिका विषयक कार्यक्रमका सहभागि भएका उनिहरुले यस्तो बताएका हुन् ।
तीनै तहका सरकारले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेको भन्दै यसमा जनप्रतिनिधिहरुको भुमीका महत्वपूर्ण हुने बताएका उनिहरुको भनाई छ ।
संविधान मस्यौदा समितिका सभापति एवम् काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्वकर्ताले नै संविधान कार्यान्वयनलाई चासो नदिएको टिप्पणी गर्नुभयो । संविधानमा लेखिएका कुराप्रति सरकार र सदन जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ ।
कर्णाली प्रदेश सभा सदस्य एंव पूर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले संघ, प्रदेश र स्थानीय सरकारबिच तालमेल हुन नसकेको बताउनु भयो ।
उहाँले संघीय संरचना बमोजिम सरकारको सांगठनिक संरचना अहिलेसम्म नबन्नु दुःखद् रहेको तर्क गर्नुभयो ।
कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयन नै संघीय सरकारबाटै फितलो हुँदै आएको टिप्पणी गर्नुभयो ।
दैलेखको महाबु गाउँपालिकाका कार्यवाहक उपाध्यक्ष मञ्जु शर्माले नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत कुराको प्रत्याभुत गराउन नसक्नु संविधान कार्यान्वयनको फितलो पक्ष रहेको बताउनु भयो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले संवैधानिक मौलिक हक कार्यान्वयन हुन नसक्नु नै संविधान कार्यान्वयन नभएको स्पष्ट हुने बताउँदै यसलाई संशोधन गर्नुपर्ने औल्याउनु भएको छ ।
यता, नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले संविधानको मर्मअनुसार संघियता कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता निधिले संविधानअनुसार संघियताको सहि ढङ्गले कार्यान्वयन हुन नसकेको बताउनुभएको हो ।
उहाँले प्रदेश सरकारहरुले पुर्णअधिकार पाउन नसकेको भन्दै प्रदेश सरकारकै नेतृत्वमा प्रहरी प्रशासन हुनपर्ने बताउनुभयो ।
अझै केन्द्रीकृत शासन प्रर्णाली लाद्ने कोशिष भइरहेको भन्दै संघियताको मर्मअनुसार काम गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस मात्रै एक मात्रै लोकतान्त्रीक पाटीभएको भन्दै संघियता कार्यान्यवन गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेको उहाको भनाई छ । नेपाली काँग्रेस हुम्लाको प्रशिक्षण कार्यक्रमका लागि नीधि कर्णालीमा आउनुभएको हो ।
तिनै तहका सरकारको समन्वय बढाउन काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सुझाव
तिनै तहका सरकारको समन्वय बढाउन काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
