सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनबाट २ वटा विद्येयकहरु पास भएका छन् ।
अधिवेशनले कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विद्येयक संसदबाट पारित गरेको हो । यी दुबै विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित भएका हुन् ।
कर्णाली प्रदेश प्रतिष्ठान विद्येयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणित गरेर कानुनका रुपमा लागु भइसकेको छ । भने निजामती कर्मचारी विद्येयक भने प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पठाइएको छ ।
त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बेनको विद्येयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक थप छलफलका लागि विषयगत समितिमा पठाएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा कुल ३९ बैठक बसेका सभामुख नन्द गुरुङ्गले जानकारी दिनुभयो । दोस्रो धिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो । दोस्रो अधिवेशनमै गत जेठ १४ गते प्रदेशसभाका मिनी संसदहरुले नेतृत्व पाएको थियो ।
कुल ५४ घण्टा बसेको अधिवेशनमध्ये सबैभन्दा लामो २३ औंँ बैठक ३ घण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८ औं बैठक ७ मिनेट २३ सेकेन्ड बसेको थियो । यही अधिवेशनले प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरेको हो ।
कर्णाली प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य भएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनः दुई वटा विद्येयक पारित
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनः दुई वटा विद्येयक पारित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
