सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीहरुको बदमासी गर्दा जनतामा विश्वास गुम्दै गएको भन्दै सञ्चालकहरुले समयमै ध्यान दिनुपर्ने बताउनुभएको छ ।
वीरेन्द्रनगरको एक सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उहाले सहकारीहरुले जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताउनुभएको हो ।
समुदायका हितका लागि कार्य गर्नुपर्ने सहकारीले बदमासी गर्दा जनतामा सहकारीप्रतिको धारणा नकारात्मक बन्दै गएकोप्रति सचेत हुनुपर्ने उहाको भनाई छ ।
राज्य, नीजि र सहकारी क्षेत्रका बीचमा सहकार्य गरेर देशको अर्थतन्त्रको सुधार, विकासमा योगदान गर्न सकिने शर्माको भनाइ छ ।
स–सानो छरिएर रहेको पुँजी, वित्तिय साक्षरता र उत्पादनमा लगानी गरेर अर्थतन्त्रको सुधार, विकास, संस्कार र संस्कृतिलाई माथि उठाउन सकिने उहाले बताउनुभयो । त्यसका लागि राज्य सरकार, नीजि र सहकारी क्षेत्रलाईसँगै लिएर जानुपर्ने धारणा उहाको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीबासीलाई सुखी र खुसी बनाउन आर्थिक सम्पन्ता र समाजिक न्यायलाई प्राथमिकता राखेर मात्र प्रदेशको समग्र समृद्धि पुरा गर्न सकिने भएकाले रोजगारी र समाजिक रुपान्तरणका कार्यक्रम अघि सारेको पनि शर्माले बताउनुभयो ।
सहकारीहरुको नियमन गर्न आवश्यक छः मुख्यमन्त्री शर्मा
सहकारीहरुको नियमन गर्न आवश्यक छः मुख्यमन्त्री शर्मा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु