सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने दाबी गर्नुभएको छ ।
आज वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानको कार्यक्रममा बोल्दै उहाले सरकार कसैले पनि ढाल्न नसक्ने दाबी गर्नुभएको हो ।
उहाले कोशी प्रदेशको विषयलाई लिएर गठबन्धन ढल्छ कि भन्ने केही व्यक्तीलाई लागेको भन्दै त्यो सम्भव नभएकोब ताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको बताउनुभयो । उहाले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताउनुभयो ।
अध्यक्ष नेपालले आफुले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गर्नुभयो ।
वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने नेता नेपालको दाबी
वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने नेता नेपालको दाबी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु