सुर्खेत । दशैंको मुख्य दिन नजिकिएसँगै कर्णाली प्रदेशमा पछिल्लो तिन दिनमा करिब १९ हजार नागरिक भित्रिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशको कात्तिक एक गतेदेखि आजसम्मको तथ्याङ्क अनुसार विभिन्न काम र पढाइको शिलशिलमा प्रदेश बाहिर गएका १८ हजार ९ सय ७७ जना आफ्नो जन्म स्थान आएका हुन् ।
तथ्याङ्कअनुसार तिन हजार ५ सय ६४ जना भने कर्णालीबाट दशैंको लागि बाहिरिएका छन् ।
कर्णालीमा भित्रिने र बाहिरिने सबैभन्दा ठुलो नाका बबै नाकाबाट मात्रै आजसम्म करिब १४ हजार नागरिक भित्रिएका छन् भने २ हजार एक सय ८५ जना बाहिरिएका छन् ।
प्रदेश ट्राफिक कार्यालय प्रमुख एवम प्रहरी उपरिक्षक राम प्रसाद शाहका अनुसार कपुरकोट र कालिमाटी नाकाबाट ५ हजार नागरिक भित्रिएका छन् । प्रदेशका तिन वटै नाकाबाट प्रदेश बाहिरिनेभन्दा भित्रिनेको संख्या धेरै रहेको उहाको भनाई छ ।
भिडभाड धेरै हुने भएकाले यो बेलामा दुर्घटनाको जोखिम पनि धेरै हुने भएकाले सिट क्षमताभन्दा धेरै यात्रु नराख्न सचेत गराइएको शाहले बताउनुभयो ।
कर्णालीमा यात्रुको सहजताका लागि २६ ठाउँमा यात्रु सहायता कक्ष हेल्प डेस्क राखिएको उहाले जानकारी दिनुभयो ।
काँही कतै समस्या भए जानकारी गराउन उहाले यात्रुहरुलाई आग्रह समेत गर्नुभएको छ ।
दशैंको मुख्य दिन नजिकिएसँगै कर्णाली प्रदेशमा पछिल्लो तिन दिनमा करिब १९ हजार नागरिक भित्रिए
दशैंको मुख्य दिन नजिकिएसँगै कर्णाली प्रदेशमा पछिल्लो तिन दिनमा करिब १९ हजार नागरिक भित्रिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
