सुर्खेत । सुर्खेत लेकवेशी नगरपालिका ५ नेटाका केशव वरालले ३ बर्षपछि परिवारसँग बसेर यो बर्ष दशैं मनाउँदै हुनुहुन्छ । पाँच जनाको परिवार आर्थिक जिम्मेवारी काँधमा बोकेका केशव ३ बर्षपछि दशैं मनाउनेगरी घर फर्किनुभएको छ । उहालाई आफ्नो परिवारसँग यो बर्ष दशैं मनाउन पाउने भएपछि खुशीको सिमा नै छैन् । “म धेरै बर्ष विदेशमा बसेँ । लामो समयपछि आफ्नो परिवारसँग आफ्नै गाउँमा दशैं मनाउँदै छु । उहाले भन्नुभयो, यती खुशी छुकी खुशीको सिमा नै छैन् ।”
“विदेशमा रहँदा अरु बेला भन्दा चाडपर्वको बेलामा घरको साह्रै याद आउथ्यो । उहा भन्नुहुन्छ, गाउँमा साथीभाईहरुसँग रमाएको, पिङ खेलेको, मेलामा गएको सम्झन्थे । यो बर्ष त आफ्नै गाउँमा दशैं मनाउन आइपुगेको छु यस्तो बेलामा मनमा कती हर्ष होला ? व्यक्त गर्न पनि सक्दीन ।”
उहाँजस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ धारापानीका जगत खड्का पनि रोजगारीको शिलशिलामा साउदी अरबमा १० बर्ष बस्नुभयो । दश बर्षपछि अहिले गाउँमा आउनुभएको छ । यो बर्ष उहाको दशैं टिका त छैन तर परिवार ,साथीभाइ तथा आफन्द्यतजनसँग रमाइलो गरेर दशैं मनाउने योजना बनाएको जगत बताउनुहुन्छ ।
“दुई छोरा र श्रीमतीको भविष्यका लागि रोजगारीको शिलसिलामा साउदी अरब पुगेका उहाँ प्रर्देशमा हुदा धेरै वर्षका चाडबाड दुखी भएर बिताउने गरेको त्यो क्षण सम्झन्छु, चाडपर्वमा छोराछोरी, श्रीमती, साथीभाई लगायत आफन्तजनसँग रमाउन नपाउँदा कति पिडा हुँदो रहेछ भन्ने विदेशिनेलाई मात्रै थाहा हुन्छ ।”
यो बर्ष भने उहाले परिवारसँगै दशैं मनाउँदै हुनुहुन्छ । “अहिले परिवारसँगै दशैं मनाउन लागेको छु । परिवारसँगै दशैं मनाउन पाउँदा धेरै खुसी छु ।” पछिल्लो समय साढे दुई वर्ष साउदी अरब बसेर नेपाल आउनुभएका उहाले परिवारसँगको यो दशैं रमाइलोसँग मनाउने योजना बनाउनुभएको छ ।
लेकबेशी नगरपालिका ५ वनलाय सुर्खेतका अशोक बराललाई दशैं तिहारजस्ता ठुला चाडपर्व आउन वित्तिकै घरको याद आउथ्यो । दशैंको दिनमा पनि काम गर्नुपर्दा झनै नरमाइलो लाग्थ्यो । ५ बर्षपछि यो बर्ष भने आफ्नै गाउँमा छोराछोरी र श्रीमतीसँग दशैं मनाउनेगरी उहाँ विदेशबाट फर्किनुभएको छ ।
रोजगारीका लागि भारतको गुवामा दुई वर्ष सम्म बस्नुभएका ,वीरेनद्रनगर १६ मेहेलिका टंक ढकाल पनि यो बर्ष दशैं, तिहार मनाउन घर फर्किनुभएको छ ।
साथिहरुसँग रमाउदै लिङ्गे पिङ खेलेको, आमाको हातबाट दशैंमा रातो टिका र जमरा लाएको क्षण सम्झेर दुइ वर्षका उहाँको दशैं प्रदेशमै मन भक्कानिदै गयो । तर यो पटक भने उहालाई खुशीको सिमा छैन । उहाँ भन्नुहुन्छ, “यो वर्ष आफ्नो दशै टिका त छैन, तर पनि दुई वर्षपछि घर आउदा धेरै रमाइलो लागेको छ । मन साह्रै खुशी भएको छ । घरकोे एक्लो छोरा भएका कारण पनि दशैं आउदा आमाको मुहार कति खुशी छ ।”
उहाँहरुजस्तै धेरै व्यक्तीहरु घरपरिवार साथीभाईसँग बसेर दशैं मनाउन स्वदेश फर्किन थालेपछि अहिले गाउँ नै रमाइलो बन्न थालेको छ ।
विदेशमा रहेकाहरु पछिल्ला दिनमा घर फर्कनेक्रम बढेसँगै गाउँघरमा रहेको आफन्तहरुमा खुसीयाली छाएको छ भने गाउँमा चहलपहल समेत बढ्न थालेको छ । वर्षौदेखि प्रदेशको भुमिमा दिन रात नभनि दुःख गरेर बसेकाहरुलाइ दशैंले परिवारसँग मिनल गराइरहेको छ । उहाँ जस्तै धेरे नेपाली दाजुभाइ घर परिवारको लालनपालन र शिक्षा दिक्षाको लागि रोजगारी गर्न विदेशिने गरेका छन् । स्वदेशमै रोजगारी भएको भए आफुहरु सधै आमाकै काखमा बसेर दशैं मनाउथ्यौ होला । युवाहरु भन्छन् ।
विशेषगरी कर्णालीबाट भारतमा सिजिनल रोजगारीमा जानेको संख्या धेरै छ । तर एकिन तथ्याङ्क भने छैन् । पछिल्लो समय भने तेस्रो मुलुकमा समेत रोजगारीमा जाने दर बढेको रोजगार कार्यालय सुर्खेतले जनाएको छ । केही बर्ष बसेकाहरु भने दशैं नजिकिएसँगै आफ्नो जन्म घर फर्किन थालेका हुन् ।
दशैं मनाउन आफ्नै गाउँ फर्की आएँ !
दशैं मनाउन आफ्नै गाउँ फर्की आएँ !
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु