गुराँस (दैलेख) । कोजाग्रत पूर्णीमाको अवसरमा आज विभिन्न ठाउँमा मेला लगाइएको छ । सुर्खेत र दैलेखको सीमाना टोट्नाउलामा पनि आज मेला लागेको छ । सुर्खेतको चिङ्गाड र दैलेखको गुराँस गाउँपालिकाको सीमाना टोट्नाउलामा मेला पूर्णिमाको दिनमा लाग्ने गर्दछ ।
प्रत्येक बर्ष बडादशैँअन्तर्गत शुक्ल चतुर्थीको साँझदेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गरेको भएपनि पछिल्ला बर्षहरुमा पुर्णिमाको दिनमा मात्रै मेला लाग्ने गरेको हो ।
दुई जिल्लाको सीमानामा लाग्ने र वडादशैँको अवसरमा लाग्ने भएकोले यो मेलाको महत्व धेरै रहेको बुढापाकाहरु बताउँछन् । तर अहिले यसको महत्व घट्न थालेको उनिहरुको भनाई छ ।
सत्य युगमा सुर्खेत, दैलेख र जाजरकोट तीन जिल्लाको सीमानामा पर्ने गुराँसे लेकबाट मालिकादेवी घुम्न जाने बेला थकान मेट्न बसेकोले त्यहाँ मालिकालाई पुज्ने गरिएको बुढापाकाहरुले बताएका छन् ।
तर, परम्परागत रुपमा मनाउने गरिएको टोट्नाउला मेलालाई पछिल्लो समय रमाइलो गर्ने र भेटघाट गर्ने थलोको रुपमा लिने गरिएको स्थानीय नागरिकहरुको भनाई छ । मेलाको प्रचार–प्रसार नहुँनु र रमाईलोका रुपमा मात्र लिइनुले महत्व घटेको उनिहरुको भनाई छ ।
निकै महत्वका साथ मनाइने यो मेला अहिले मदिरा सेवन गर्ने, रमाइलो गर्ने र भेटघाट गर्नेमा मात्रै सीमित रहन थालेको छ ।
मदिराका कारण झमेला आइपर्ने भएकाले सुरक्षा व्यवस्थालाई मजवुद बनाइएको नेपाली काँग्रेस गुराँस गाउँपालिका वडा नम्बर ८ का सभापति भिम बहादुर डाङ्गीले बताउनुभयो ।
पहिले दुई दिन पञ्चेवाजा, गर्रा नाच, लहरे नाच, सिँगारु नाचको प्रदर्शन हुने गरेपनि केही बर्षयता एकैछिन मात्रै प्रदर्शन हुने गरेको छ ।
खासगरी सयौं बर्ष पहिलेदेखि देविका रुपमा मान्दै आएको मालिका बज्यैको पुजा गर्ने दिनमा सबै जम्मा हुने गरेकोमा अहिले यसलाई मेलाको रुपमा लिने गरिएको हो । मेलासँगै यसवेला मेलास्थलमा रहेको देवि मालिकाको मौलो पुज्ने गरिन्छ ।
कोजाग्रत पूर्णीमाको अवसरमा टोट्नाउला मेला
कोजाग्रत पूर्णीमाको अवसरमा टोट्नाउला मेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु