सुर्खेत । दशैंको अवधीमा कर्णाली प्रदेशमा विभिन्न घटनामा परि ९ जनाको मृत्यू भएको छ ।
दशैंको अवधीमा सबैभन्दा धेरै ७ जनाको हत्या भएको छ, भने सवारी दुर्घटनामा परि दुइ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हत्या हुनेमा मुगुका मात्रै ४ जना, सल्यान, कालिकोट र दैलेखमा एक÷एक जना रहेका छन् ।
त्यसैगरी सवारी दुर्घटनामा मृत्यु हुनेमा कालिकोट र जाजरकोटका एक÷एक जना रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।
दशैंको टिका लगाउन दैलेखमा ससुराली गएका सुर्खेत एकजनाको आपसी विवादपछि झडव हुँदा ज्यान गएको थियो । त्यसैगरी सल्यानमा कुटपिटबाट एकजना र कालिकोटमा शंकास्पद एकजनाको शव फेला परेको थियो ।
यी तिनवटै घटनामा संङलग्नहरुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी गौतमले बताउनुभयो ।
उहाका अनुसार सवारी दुर्घटनामा दशैंको अवधीमा मात्रै ८८ जना व्यक्ती घाइते भएका छन् । घाइतेहरुको अवस्था भने सामान्य छ ।
यसैबिच, दशैंको अवधीमा ट्राफिक नीयमको पालना नगर्ने एक हजार ५ सय ५८ वटा सवारी कारवाहीमा परेका छन् । सवारी कारवाहीबाट ९ लाख ८४ हजार पाँच सय राजस्व रुपैयाँ राजस्व संकलन गरिएको उहाले जानकारी दिनुभयो ।
मुगु सामुहिक हत्या प्रक्ररणः प्रहरी अनुसन्धानहत्यारा नजिक
मुगुकोमा सामुहिक हत्या प्रकरणमा प्रहरी आफ्नो अनुसन्धानलाई साघुरो बनाउँदै लगेको छ । प्रहरी हत्याराको करिब पहिचान भइसकेको भन्दै थप प्रमाण पुग्न वित्तिकै हत्यारालाई पक्राउ गरेर सार्बजनिक गर्ने तयारी गरेको हो ।
मुगुको मन्दु गाउँमा तीन सन्तानसहित आमाको दशैंको भोलिपल्ट हत्या भएको थियो । उक्त प्रकरणमा अनुसन्धान हत्यारा नजिक पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिएसपी राजन गौतमले बताउनुभयो । तर पूर्ण प्रमाण जुटाउँदै गरिएको भन्दै सबै प्रमाण पुग्न वित्तिकै हत्यारालाई पक्राउ गरि सार्बजनिक गरिने उहाले बताउनुभयो ।
कर्णाली प्रदेश प्रमुख डिआइजी भिम ढकालको नेतृत्वमा अनुसन्धान भइरहेको भन्दै मोवाइल प्रविधि, र अन्य भौतिक रुपमा समेत अनुसन्धान भइरहेको डिएसपी गौतमले बताउनुभयो ।
शंकास्पद व्यक्ती प्रहरीको निगरानीमा रहेको र सबै प्रमाण पुग्न व्यक्तीकै पक्राउ गरि सार्बजनिक गरिने उहाले जानकारी दिनुभयो ।
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धान गरिरहेको छ ।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो ।
मृतक श्रीदेवी छोराछोरीसहित दसैँको टीका लगाउन त्यही वडामा रहेको माइती गाउँ कोटिल्ला
दशैंको अवधीमा कर्णालीमा विभिन्न घटनामा परि ९ जनाको मृत्यू
दशैंको अवधीमा कर्णालीमा विभिन्न घटनामा परि ९ जनाको मृत्यू
"सामुहिक हत्या प्रकरणमा प्रहरी अनुसन्धान तिव्र "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
