सुर्खेत । दैलेख डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले आफुले सरकारी तलब भत्ताबाट कल्याणकारी कोष स्थापना गर्नुहुने भएको छ ।
गरिबीको रेखामुनी रहेका र जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग गर्नेगरी अध्यक्ष केसीले आफ्नो तलब भत्ताबाट कल्याणकारी कोष स्थाना गर्न लाग्नुभएको हो ।
गाउँपालिका अध्यक्षलाई राज्यले दिने मासिक सेवा सुविधा नलिने घोषणा गर्नुभएका अध्यक्ष केसीले उक्त रकमबाट कल्याणकारी कोष स्थापना गर्ने बताउनुभयो ।
प्रत्येक महिनाको सेवा सुविधालाई कोषमा जम्मा गरि त्यही कोषबाट जेहेन्दार र गरिबीको रेखामुनी रहेका परिवारका विद्यार्थीको शिक्षा दिक्षामा सहयोग गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “म जनप्रतिनिधि भएको हैसियतमा मलाई राज्यले दिने सेवा सुविधालाई नलिने र उक्त रकमबाट अक्षय कोष बनाएर जेहेन्दार र गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुको शिक्षामा सहयोग गर्ने योजना बनाएको छु ।”
अध्यक्ष केसीले आफु जनताको काम गर्न आएको भन्दै रकम अभावकै कारण शिक्षा आर्जन गर्न नसक्ने विद्यार्थीहरुलाई सानै भएपनि कोषबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
डुङ्गेश्वर गाउँपालिका अध्यक्षले आफुले पाउने सेवा सुविधाबाट कल्याणकारी कोष स्थापना गर्ने
डुङ्गेश्वर गाउँपालिका अध्यक्षले आफुले पाउने सेवा सुविधाबाट कल्याणकारी कोष स्थापना गर्ने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु