सुर्खेत । एन्टीवायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसको प्रयोग आवश्यकताको आधारमा मात्रै गर्नुपर्नेमा जोड दिइएको छ ।
युएसएआइडीको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरिएको सञ्चारकर्मीसँगको अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले एन्टीबायोटिक जथाभावी प्रयोग गर्न नहुनेमा जोड दिएका हुन् ।
यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु पनि हुन सक्ने उनिहरुको भनाई छ ।
चिकित्सकको सल्लाहबिना नै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिवायोटिक औषधि प्रयोग गर्दा विभिन्न गम्भिर समस्या देखिन सक्ने चिकित्सक युएसएआइडी एमआर डाक्टर सन्तोष दुलालले बताउनुभयो ।
उहाले पछिल्लो समय एन्टीवायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसको प्रयोग जथाभावी हुन नदिन जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । त्यसको लागि पत्रकारहरुको भुमीका धेरै हुने बताउनुभयो ।
उहाले अहिले ग्रामीण क्षेत्रमा समेत एन्टिवायोटिक जथाभावी प्रयोग बढ्दै गएको बताउँदै विशेषगरी जनस्तरमा चेतनाको स्तर वृद्धि हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले एन्टीवायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसको निराकरणको लागि संचार माध्यमको भुमीका धेरै हुने बताउनुभयो ।
उहाले कर्णालीका पत्रकारहरुको लागि यस सम्बन्धी तालिमको आवश्यकता रहेको बताउँदै पत्रकारहरु जानकार भएको खण्डमा मात्रै समाजमा चेतनाको स्तर बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सुर्खेतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
एन्टीवायोटिकको प्रयोग बढ्दै
एन्टीवायोटिकको प्रयोग बढ्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
