सुर्खेत । कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज बनाउन जिपिएस प्रविधिको शुरुवात गरिएको छ ।
नागरिकहरुलाई स्वास्थ्य संस्थाको पहुँचमा पु¥याउन र एम्बुलेन्स सेवालाई सहज बनाउन प्रदेशभर नै जिपिएस प्रविधिको शुरुवात गरिएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रादेशिक प्रेषण केन्द्रले आज एक कार्यक्रमको आयोजना गरी यस विषयमा जानकारी गराएको हो ।
एम्बुलेन्स सेवाको लागि अब प्रदेशका जुनसुकै ठाउँबाट पनि पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर बिरामीले सेवा लिन सक्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले जानकारी दिनुभयो ।
अब तत्काल अस्पताल पुर्याउनुपर्ने बिरामीहरुलाई एम्बुलेन्सको सहज सेवा हुने भन्दै १०२ नम्बरमा फोन गर्न वित्तिकै जिपिएस जडान गरिएका एम्बुलेन्सबाट सेवा प्रदान गरिने उहाले बताउनुभयो ।
प्रदेशमा रहेका सबै एम्बुलेन्सहरुलाई एकद्वार प्रणालीबाट संचालन गर्नको लागि निर्देशिका समेत जारी गरिएको उहाको भनाई छ ।
कर्णाली प्रदेशभर अहिले ८७ वटा एम्बुलेन्स रहेको भन्दै ४१ वटा एम्बुलेन्सहरु जिपिएस सिस्टममा जोडिएको र अन्य बाँकी एम्बुलेन्सलाई पनि जिपिएसमा जोड्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशालयका निर्देशक डाक्टर रबिन खड्काले कर्णालीमा अहिले एम्बुलेन्स पर्याप्त नरहेको भन्दै एम्बुलेन्स खरिद पक्रियालाई पनि अगाडी बढाइने बताउनुभयो । उहाले बिरामीहरुलाई एम्बुलेन्स नपाएर समस्या नहुने दाबी समेत गर्नुभयो ।
कर्णालीमा क वर्गका एम्बुलेन्सको संख्या दुइवटा मात्रै रहेको छ भने अधिकांस एम्बुलेन्सहरु ग वर्गका रहेको जनाइएको छ । एम्बुलेन्सको भाडादर भने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णय अनुसार तोकिने गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेश कञ्चन भारती, प्रदेश एम्बुलेन्स संचालक समिति संयोजक डाक्टर गणेश थापा लगायतले आफ्नो भनाई राखेका थिए ।
कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज बनाउन जिपिएस प्रविधिको शुरुवात
कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज बनाउन जिपिएस प्रविधिको शुरुवात
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
