सुर्खेत । सुर्खेतमा व्यवसायिक रुपमा फुल (पुष्प) खेती गर्दे आएका किसानहरु संगठित भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायीहरुको भेलाले हिरा वहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ ।
जसको उपाध्यक्ष उविसरा थापा, सचिव विनोद शर्मा सहसचिव अशोक चौधरी र कोषाध्यक्ष रुवि आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद भण्डारी , मान वहादुर राना, प्रशुराम धमला, रिता भारती,कृष्ण शर्मा,समिर खत्री, हिमानी कोइराला र रमेश विसी, रहेका छन् ।
व्यवसायिक रुपमा उत्पादन सुरु भएपनि व्यवसायिक समस्या छलफल गर्ने ठाउ तथा समस्या पैरवी गर्ने सस्था नभएकाले आफुहरु संगठित भएको उनीहरुको भनाई छ ।
एउटै वस्तु उत्पादन गर्दे आएका व्यवसायीहरुको वजारी करणका लागी तथा हक अधिकार संरक्षण गर्नका लागी आफुहरु संगठित भएको अध्यक्ष हिरा वहादुर घर्तीले वताउनुभयो ।
सुर्खेतमा नै उत्पादन भएको फुलको प्रयोग गर्न तथा प्लास्टीक जन्य माला आयातमा रोक लगाउन सघले माग गरेको उनको भनाई छ ।
स्थानीय स्तरमा व्यवसायीले रोजगारीका अवसर सिर्जना गरेकाले सरकारले समेत सहयोग गर्नु भनेको उनको भनाई थियो ।
व्यवसायीक रुपमा उत्पादन भएपनि फुलको वजारमा मुल्य एकरुपता नभएका ले थोक तथा खुद्रा मुल्य निर्धारण गरिएको अध्यक्ष घर्तीले वताउनुभयो ।
उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दे थोकमा प्रती केजी २सय ५० देखी ३ सय सम्म उपलब्ध गराइने उहाले वताउनुभयो । “न्युनतम खरिदको आधार वनाएर सो मुल्यमा फुल उपलब्ध गराउने निर्णय गरेका छौ उहाले भन्नुभयो ।”
स्थानीय व्यवसायीले वाहिर वाट खरिद गर्ने मुल्यमा नै उपलब्ध गराई उपभोक्तालाई समेत सस्तोमा फुल उपलब्ध गराइने उनको भनाई थियो ।
कार्यक्रममा लघु औद्योगिक ग्रामका अध्यक्ष उदीराम डागीले कम लगानीमा उत्पादन वढाउन आग्रह गर्नुभयो ।
तिहार लक्षीत मात्रै भन्दा फुलका अन्य उत्पादनका लागी समेत ध्यान दीनु पर्ने वताउनुभयो । सुर्खेतमा १२ महीना नै फुलको उत्पादन आवश्यक रहेकाले किसानले त्यसतर्फ ध्यान दीनु पर्ने वताउनुभयो ।
फुलको प्रयोग वढाई प्लास्टीक जन्य वस्तु घटाउन आफुले सक्दो सहयोग गर्ने उहाको भनाई थियो । युवा वैज्ञानिक राजेन्द्र विष्टले फुल वाट विभिन्न किसिमका सुगन्धित तेल निर्माण गरिने भएकाले उत्पादन कर्ताले तिहार लक्षित मात्रै नभइ निर्यातका लागी ठुलो मात्रमा उत्पादन गरिनु पर्ने वताउनुभयो । उत्पादन वढे पछि वजारका लागी समेत सहज हुने भएकाले त्यसतर्फ ध्यान दीन आग्रह गर्नुभएको थियो ।
कार्यक्रमा व्यवसायीक रुपमा फुल खेती गर्दे आएका ३० जना किसानको सहभागिता रहेको थियो ।
नेपाल पुष्प व्यवसायी संघ सुर्खेतको अध्यक्षमाः घर्ती
नेपाल पुष्प व्यवसायी संघ सुर्खेतको अध्यक्षमाः घर्ती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
