सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ७३ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ७३ जनाको मृत्यु भएको हो।
दुबै जिल्लामा गरी १०८ जना घाइते भएको र घाईतेहरुहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाले जानकारी दिनुभयो।
राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिनुभयो। उहाका अनुसार डाटा संकलन जारी रहेकाले क्षति विवरण संकलन भइरहेको छ ।
भूकम्प लगत्तै प्रदेश प्रहरी कार्यालयबाट ३६ जनाको उद्धार टोली राति नै परिचालन गरिएको डिआइजी ढकालले जानकारी दिनुभयो। त्यस्तै २० जना चौरजहारीबाट र २० जना अन्य सिमानाका प्रहरी कार्यालयहरूबाट राति नै उद्धार टोली पठाइएको उहाले बताउनुभयो।
भूकम्पका कारण केही क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको पनि डिआइजी ढकालले जानकारी दिनुभयो।
