जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परि मृतकमध्य झण्डै आधा संख्या बालबालिकाको रहेको पाइएको छ ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राती गएको भुकम्पबाट मृत्यु भएका १५७ जनामध्य ७८ जना बालबालिका रहेका छन् ।
जाजरकोटमा ५० जना बालबालिकाको भुकम्पमा परि मृत्यु भएको छ भने रुकुम पश्चिममा २८ जना बालबालिकाको मृत्यु भएको प्रहरीको भनाई छ ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाका अनुसार मृत्यु हुने झण्डै आधा बालबालिका रहेको बताउनुभयो । जाजरकोटमा मृत्यु भएका १ सय ५ जना मध्य ५० जना बालक २७ र बालिका २३ जना रहेका छन् ।
यस्तै रुकुम पश्चिममा २८ जना बालबालिकाले भुकम्पमा परि ज्यान गुमाएका छन् । रुकुम पश्चिममा जम्मा ५२ जनाको मृत्यु भएकोमा अधिकांस बालबालिकाको मृत्यु भएको रुकुम पश्चिम प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “रुकुम पश्चिममा भुकम्पमा मृत्यु भएकामध्य अधिकांस बालबालिका छन्, दुइजना त १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।”
मृत्यु हुनेमा पुरुषभन्दा महिला धेरै
भुकम्पमा परि मृत्यु हुनेमा बालबालिकापछि महिलाहरु धेरै रहेको पाइएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय ५ जना मध्य ५० जना बालबालिका छन् भने ३३ जना महिलाको मृत्यु हुँदा १८ जना पुरुषको मृत्यु भएको छ । यस्तै, रुकुम पश्चिममा १६ जना महिलाको मृत्यु भएको छ भने ८ जना पुरुषको मृत्यु भएको छ । भने २८ जना बालबालिका रहेको जनाइएको छ ।
बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र जेष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्तीहरु धेरै समस्यामा पर्ने गरेका छन् ।

