सुर्खेत । रुकुम आठबिसकोट नगरपालिका वडा नम्बर १३ सोताका भरतजंग दृष्ट्रिबिहिन हुनुहुन्छ । हिडडुल गर्न अरुको सहायता चाहिन्छ । उहाँको श्रीमती पनि शाररिक रुपमा अपाङ्गता हुनुहुन्छ । गाउँमै जसोतसो सानो घर बनाएर उहा बस्ने जोहो गर्नुभएको थियो । तर कात्तिक १७ गते राती आएको भुकम्पले उहाँको घर ध्वस्त बनायो । श्रीमान श्रीमती नै अपाङ्गता जसोतसो जोडेको घर भुकम्पले लग्यो । धन्नले ज्यान जोगाउन सफल भएका भरतका श्रीमानश्रीमती अहिले राहातको पर्खाइमा बस्नुभएको छ । सरकारले राहत वितरण त शुरु गरेको छ । तर उहाहरुले राहतको नाममा एउटा त्रिपाल मात्रै पाउनुभएको छ । “घरमा खाने अन्न पनि छैन । घर पनि भुकम्पले ध्वस्त बनायो । हामी अपाङ्गता आफै अपाङ्गता छौ,” भरतले दुखेसो गर्दै भन्नुहुन्छ, “सरकारले यस्तो बेलामा हामीजस्ता अपाङ्गता भएका व्यक्तीहरु जो भुकम्प पिडित भएका छौ, उनिहरुलाई पहिलो प्राथमिकता राखेर राहत दिनुपर्ने हो, तर त्यसो हुन सकेको छैन ।”
हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसकेको भन्दै भुकम्प कारण अझै पिडित बनेको बताउनुभयो । उहाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तीहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ । अझै यो भुकम्पका कारण पिडित बनेका हाम्रो पहुँच नपुगेरै त होला राहत पाउन सकेका छैनौँ ।” अहिले तत्काल खान र बस्नको व्यवस्था गरिदिन उहाको माग छ ।
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर १ कल्लेरीका डिलसरा बोहोरा खड्का पनि शाररिक रुपमा अपाङ्गता हुनुहुन्छ । राम्रोसँग हिडडुल गर्न नसक्ने उहाँको घर पनि भुकम्पले भत्कायो । घर भत्किने बेलामा घरमाथीबाट बाच्ने आसले उहाँको श्रीमान श्रीमती हाम फाल्नुभयो । हाम फाल्दा श्रीमान सामान्य घाइते हुनुभयो । उहाको ढाडमा चोट लागेको छ । छिनभरमै घरबारबिहिन बनेका डिलसराको परिवार अहिले खुल्ला आकासमुनी बसेको छ । अहिलेसम्म कोही पनि नआएपछि वडा अध्यक्षलाई फोन गरेर राहतको पहल गरिदिनको अनुरोध गरिरहनुभएको छ । तर राहत पाउनुभएको छैन् ।
“म खुट्टाले हिड्न नसक्ने मान्छे भुकम्पमा परि धन्नले बाँचे । घर भत्कियो, अहिलेसम्म के कती क्षती भयो भनेर कसैले वास्था नगरेपछि वडा अध्यक्षलाई राहतको पहल गरिदिन फोन गरिरहेको छु । उहाले दुखेसो पोख्दै भन्नुभयो, सबैभन्दा पहिले भुकम्पले हामीजस्ता अपाङ्गता भएका व्यक्तीहरु के कती छन् खोज्नुपर्यो अनि सरकारले पहिलो प्राथमिकतामा राखेर राहात दिनुपर्छ, म उही माग गर्दछु ।” डिलसराको परिवारलाई अब कसरी घर बनाउने ? कसरी छोराछोरीलाई पढाउने भन्ने ठुलो चिन्ता छ ।
जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ का लोकेन्द्र कार्की हेमोफिलिया सम्बन्धी अपाङ्गता भएको छ । उहाँ कात्तिक १७ गते टिभी हेर्दै हुनुहुन्थ्यो । भुकम्प आएपछि घरको छतले उहाँ पुरिनुभयो । धेरै पटक बोलाउँदा पनि कसैले सुनेनन् । अनि उहाँको धेरै समयपछि उद्धार भयो । घाइते हुनुभएका उहाँ अहिले बाँकेको भेरी अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाको परिवार पनि अहिले घरबारबिहिन भएको छ । जिल्ला सदरमुकाम भएको हुँदा उहाले केही रुपमा राहत त पाइरहनुभएको छ । तथापी धेरै अपाङ्गता भएका व्यक्तीहरु भुकम्पको चपेट्टामा पर्नुभएको छ । तर अहिलेसम्म राहत पाउनुभएको छैन ।
“सरकारले यस्तो विपद्को बेलामा हामीजस्ता अपाङ्गता व्यक्तीहरुलाई ध्यान दिनुपर्छ । उनिहरु यस्तो बेलामा धेरै पिडामा परेका हुन्छन् । राहत सामग्री पनि पहिलो प्राथमिकतामा राखेर गर्नुपर्छ । तर त्यसो भएको देखिदैन । कति अपाङ्गता भएका व्यक्तीहरु अहिले प्रभावित छन् त्यसको एकिन डाटा पनि संकलन भएको छैन,” उहाले भन्नुभयो ।
विपद्को बेला सबैभन्दा समस्या र जोखिममा अपाङ्गता भएका व्यक्तीहरु पर्दै आएका छन् । उनिहरुको पहुँचयुक्त संरचना नहुँदा उनिहरु समस्यामा पर्दै आएका छन् । भने बाढी पहिरो भुकम्पजस्ता विपद्का घटनामा अपाङ्गता भएका व्यक्तीहरु झनै जोखिममा हुन्छन् । यस्तो बेलामा पहिलो प्राथमिकता राखेर सरकारले राहत र पुनस्थापनाको काम गर्नुपर्ने सरोकारवालाहरु बताउछन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनुभएका अपाङ्ग महासंघ कर्णाली प्रदेशका जितलाल ढकाल भुकम्पमा परि कती अपाङ्गता भएका व्यक्तीहरु प्रभावित हुनुभएको छ भनेर डाटा पनि संकलन नगरिएको बताउनुहुन्छ । उहा भन्नुहुन्छ, भुकम्पले जनधनको क्षती गर्यो यस्तो बेलामा अपाङ्गता भएका व्यक्तीहरु अझै प्रभावित हुनुहुन्छ । तर सरकारले कती व्यक्ती घाइते हुनुभयो । कति अपाङ्गता भएका व्यक्तीहरु घरबारबिहिन हुनुभयो भनेर कुनै तथ्याङ्क ल्याएको छैन, यो दुखत हो । सबै व्यक्तीलाई एउटै डालोमा हालेर राहत र पुनस्थापनाको काम गर्दा अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसक्ने चिन्ता रहेको बताउनुहुन्छ ।
यता, सरकारले भने कोही कसैलाई पनि पहुँचबाट टाढा नराख्नेगरी एकद्वार प्रणालीबाट राहत र पुनस्थापनाको काम गरिने बताउँदै आएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परि अपाङ्गता भएका तिनजना व्यक्ती घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । जाजरकोटको जम्मा जनसंख्याको पाँच प्रतिशत र रुकुम पश्चिममा ४ प्रतिशत अपाङ्गता भएका व्यक्तीहरु रहेको तथ्याङ्क छ ।
भुकम्पमा परेका अपाङ्गता भएका व्यक्तीहरुको मागः हामीलाई पहिलो प्राथमिकता दिइयोस्
भुकम्पमा परेका अपाङ्गता भएका व्यक्तीहरुको मागः हामीलाई पहिलो प्राथमिकता दिइयोस्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु