सर्खेत । वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका गएको भूकम्प पिडितलाई राहत स्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख रकम सहयोग गर्ने भएको हो ।
मंगलबार बसेको वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद कोषबाट एक÷एक लाख १६ लाख र नगरपालिकाकोतर्फबाट १० लाख गरि जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख मोहनमाया ढकालले विपद् कोषमा भएको रकम मध्ये पालिकाभित्रका १६ वटा वडा र नगरपालिकाले गरि जम्मा २६ लाख रुपैयाँ भूकम्प प्रभावितहरुको पुनस्थापना कोषमा सहयोग गरिने बताउनुभयो ।
साथै वीरेन्द्रनगर नगरपालिकाले भूकम्प पीडित परिवारका बालबालिकाहरु वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकाहरुलाई र नगरपालिका भित्र अध्ययन गर्न चाहानेकालागी नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन ब्यवस्थापन गर्ने भएको छ ।
जाजरकोट भुकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले राहतस्वरुप २६ लाख दिने
जाजरकोट भुकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले राहतस्वरुप २६ लाख दिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु