सुर्खेत । जाजरकोटमा कात्तिक १७ गते गएको भुकम्पमा परि पिडित भएकाहरुको लागि कर्णालीका स्थानीय तहले राहत सामग्री र रकम सहयोग पठाइरहेका छन् ।
पालिकाहरुले आफ्नो क्षमताअनुसारको भुकम्प पिडितलाई राहत रकम सहयोग गरेका हुन् । यसैबिच, दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भुकम्प पिडितहरुलाई ५० हजार राहत सहयोग गर्ने भएको छ ।
कार्यपालिकाको निर्णय अनुसार सानो भएपनि भुकम्प पिडितको घाउँमा मलम लगाउन ५० हजार राहत रकम दिने निर्णय भएको गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले जानकारी दिनुभयो । उहाका अनुसार केही राहत सामग्री पनि वितरण गरिने छ ।
भुकम्पबाट क्षत विक्षत भएको जाजरकोट र रुकुमपश्चिमका नागरिकहरु अहिले राहत र पुनस्थापनाको पर्खाईमा छन् । उनिहरुको लागि तिनवटै तहका सरकार र विभिन्न नीकायबाट राहत रकम अएपनि पिडितसम्म पुग्न ढिलाई भएको छ ।
भुकम्प प्रभावितलाई ५० हजार दिने डुङ्गेश्वर गाउँपालिकाको निर्णय
भुकम्प प्रभावितलाई ५० हजार दिने डुङ्गेश्वर गाउँपालिकाको निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु