सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै सरकारले ध्यान दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
विशेषगरी भुकम्पको त्रासमा रहेको महिला बालबालिकाहरुलाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन मनोविदहरुले सु्झाव दिएका हुन् ।
भुकम्प प्रभावित क्षेत्रमा मानिसहरु मानसिक रुपमा विक्षिप्त रहेको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद पूर्णबहादुर रावतले सरकारले त्यहाँ मनोमरामर्षका कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिनुभयो । भुकम्प गएपछि धेरै मानिसहरुले आफन्त गुमाएका छन् । उहाले भन्नुभयो, “अहिले पनि भुकम्पका पराकम्पहरु आइरहेको हुँदा मानिसहरु त्रासमा छन् यस्तोे अवस्थामा मानिसहरु मनोसामाजिक समस्यामा पर्न सक्छन् । त्यसैले तिनै तहका सरकारले राहत र पुनस्थापनासँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर काम गर्नुपर्छ ।”
उहाले भुकम्पपछि सबै नीकाय राहत वितरणमा मात्रै केन्द्रीत भएको भन्दै मानसिक तवरबाट पनि उनिहरु समस्यामा परेकोले सरकारको ध्यान त्यतातर्फ समेत केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो । “विपद्पछि मानिसहरुमा मानिसहरुमा पिटिएसटी हुने गर्दछ,” उहाले भन्नुभयो, “पिटिएसटी भनेको विपद्का कारणले मानसिक रोगी बनाउने हो, यसले विक्राल रुपम लिन सक्नेतर्फ सचेत भएर अहिलेदेखि नै सरकारले मनोविमर्षकर्ताहरुबाट उनिहरुलाई काउन्सिलिङ गर्न आवश्यक छ ।”
यता, कर्णाली प्रदेश सरकारले भने भुकम्पपछि मनोसामाजिक समस्या निम्तिन सक्नेतर्फ ध्यान दिएर मनोबिमर्षकर्ता खटाइएको बताएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले त्यहाँ चिकित्सक, मनोबिमर्षकर्ताहरु परिचालन गरिएको बताएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृश वहादुर शाहीले मनोसामाजिक समस्याको व्यवस्थापनको लागि विभिन्न साझेदार संस्थाहरुसँग मिलेर मनोबिमर्षकर्ता खटाइएको जानकारी दिनुभयो ।
यस्तै महाशाखाले विभिन्न महामारी फैलिन सक्नेतर्फ सचेत भएको भन्दै बालबालिकाहरुमा पोषणको समस्या आउन नदिनेगरी काम शुरु गरिएको उहाले बताउनुभयो ।
भुकम्पबाट प्रभावितहरुलाई मनोसामाजिक समस्या देखिन सक्छ, सचेत बनौँः मनोविद्
भुकम्पबाट प्रभावितहरुलाई मनोसामाजिक समस्या देखिन सक्छ, सचेत बनौँः मनोविद्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु