सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका भुकम्पबाट घाइते भएका व्यक्तीहरुमध्य २४ जना डिस्चार्ज भएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई कात्तिक १७ गते गएको भूकम्पका परि गम्भिर घाइते भएकामध्य ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । ति मध्य २४ जना डिस्चार्ज भएका हु् ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काअनुसार भुकम्पमा परि घाइते भएका मध्य जाजरकोटका २५ जना, रुकुम पश्चिम १३ जना र दैलेख गुराँस गाउँपालिकाका १ जनाले उपचार गराइरहेकोमा २४ जनालाई निको भएर घर फर्किएका छन् ।
अस्पतालमा उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको डाक्टर खड्काले जानकारी दिनुभयो ।
आज पत्रकार सम्मेलनको आयोजना गरी घाइतेहरुको अवस्थाको बारेमा जानकारी दिँदै डाक्टर खड्काले उनिहरुको उपचारको लागि पाँच जना चिकित्सक खटाइएको बताउनुभयो ।
अहिले एक जना घाइतेको न्यूरो आइसियू भेन्टिलेटरमा उपचार भइरहेको छ भने एकजनाको आइसियूमा उपचार भइरहेको छ ।
अन्य १९ जनाको जनरल वार्डमा उपचार भइरहेको र केही दिनमा उनिहरुलाई पनि डिस्चार्ज गरिने डाक्टर खड्काले बताउनुभयो ।
घाइते भएका मध्य अस्पतालमा ५ वर्ष मूनीका ६ जना बालबालिकाको उपचार भइरहेको छ । भने ५ जनाको शल्यक्रिया गरिएको छ ।
अस्पतालका निर्देशक खड्काले घाइतेहरुको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताउनुभयो ।
सुर्खेत विमानस्थल ल्याइएका घाइतेहरुलाई अस्पतालका तीनवटा एम्बुलेन्समार्फत अस्पताल ल्याउने व्यवस्था मिलाइएको थियो ।
उपचाररत भुकम्पबाट घाइते भएका २४ जना डिस्चार्ज, अन्य घाइतेहरुको अवस्था पनि सामान्य बन्दै
उपचाररत भुकम्पबाट घाइते भएका २४ जना डिस्चार्ज, अन्य घाइतेहरुको अवस्था पनि सामान्य बन्दै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु