फेल्म नेपालको सहयोगमा परिलक्षित सस्था द्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको उप–प्रमुख निलकण्ठ खनालको नेतृत्वमा वीरेन्द्रनगर नगरपालिकामा अनुगमन तथा मुलायांकन गरिएको छ ।
जसअन्तर्गतबिरेन्द्रनगर–४ निवासी केशब रोकायको बाख्रापालन, बिरेन्द्रनगर–१ कि लक्ष्मी नेपालीलेसिलाई कटाई तालिम सिक्दै गरेको र बिरेन्द्रनगर ३ कि पार्वती गौतमकोनास्ता पसल अनुगमन गरिएको छ भने बिरेन्द्रनगर –७ स्थित श्री श्री कृष्ण सस्कृत तथा साधारण मा. बि सुर्खेत द्वारा संचालित दृस्टीबिहिन बहिनीहरुको लागि बेड– बिस्तार सहयोग जस्ता गतिबिधिको अनुगमन गरिएको छ ।
उक्त अनुगमनमा बिरेन्द्रनगर नगरपालिकाको उप–प्रमुख नीलकण्ठ खनाल, जन स्वास्थ्य, पशुशाखा, महिला बालबालिका, जेष्ठनागरिक तथा अपाङ्गता शाखा, गै. स.स प्रतिनिधि, नगरअपाङ्गता संजालको प्रतिनिधिहरुको सहभागी हुनुभएको थियो ।
अनुगमन पछि बिरेन्द्रनगर नगरपालिका परियोजना सल्लाहकार समितिका सयोजक तथा बिरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख नीलकण्ठ खनालको अध्यक्षमा समितिको बैठक बसी आज भएको अनुगमनको समिक्षा गरि समग्रमा राम्रो काम भएको र दिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न रसल्लाह दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम: वीरेन्द्रनगर नगरपालिकामा अनुगमन तथा मुलायांकन
अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम: वीरेन्द्रनगर नगरपालिकामा अनुगमन तथा मुलायांकन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु