सुर्खेत । कर्णाली प्रदेश सरकारले तिहार लगत्तै भुकम्पका कारण घरबारबिहन भएकाहरुलाई पुनस्थापनाका साथै पुनःनिर्माणको काम अगाडी बढाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्री परिषद बैठकले भुकम्पका कारण ध्वस्त भएका संरचनाहरुको पुननिर्माणको काम शुरु गर्ने निर्णय गरेको हो ।
भुकम्पबाट ध्वस्त बनेको जाजरकोट र रुकुम पश्चिममा पुननिर्माणको कामलाई अगाडी बढाउनको लागि सबै नीकायसँग सहयोग अपिल समेत सरकारले गरेको छ ।
मन्त्री परिषदले गरेका निर्णयको बारेमा जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक श्रोत साधन र जनशक्ती सहयोगको लागि संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो । “पुननिर्माणको कामलाई तिहारपछि नै शुरु गर्ने र श्रोत साधन तथा जनशक्ती सहयोगका लागि संघिय सरकारलाई सहयोग गर्ने निर्णय गरेका छौँ,” मन्त्री जिसीले भन्नुभयो ।
त्यसका लागि आवश्यक पर्ने कार्यविधि निर्माण गर्न सैद्धान्तिक सहमती प्रदान गरिएको समेत उहाले जानकारी दिनुभयो ।
यस्तै, अपुग राहत सामग्री खरिद तथा वितरण गरिने भन्दै मृतक परिवारलाई दिने रु दुई लाख रकम र घाइतेहरुको उपचारको लागि दिने रकम तत्काल उपलब्ध गराइने उहाले बताउनुभयो । “प्रदेश सरकारले घोषणा गरेको मृतकका परिवारलाई दिने भनिएको रु दुइ लाख र घाइतेहरुको उपचारका लागि चाहिने रकम तत्काल दिने निर्णय भएको छ ।”
सरकारले अस्थायी आवास निर्माण कार्यलाई पनि तिव्रता दिने बताएको छ । त्यसको आवश्यक बजेट तत्काल व्यवस्था गरि भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वमा काम अगाडी बढाइने मन्त्री जिसीले बताउनुभयो ।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भुकम्पका कारण जनधनको क्षती भएको छ । भने अहिले हजारौ परिवार घरबारबिहिन भएका छन् ।
जाजरकोट भुकम्पः पुननिर्माणको काम तिहारपछि गर्ने प्रदेश सरकारको निर्णय
जाजरकोट भुकम्पः पुननिर्माणको काम तिहारपछि गर्ने प्रदेश सरकारको निर्णय

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु