सुर्खेत । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण ३० प्रतिशत विद्यार्थीहरु प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कुल विद्यार्थीमध्य ३० प्रतिशत भुकम्पबाट प्रभावित भएका हुन् ।
भुकम्पबाट क्षती भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत १ लाख ३३ हजार ६ सय ८७ जनामध्य ४० हजार एक सय १० जना विद्यार्थी भुकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबिर सुनारले बताउनुभयो ।
जाजरकोटमा ७५ हजार ८ सय ५३ विद्यार्थीमध्य २२ हजार ७ सय ५९ जना र रुकुमपश्चिममा ५७ हजार ८ सय ३४ जना विद्यार्थीमध्य १७ हजार ३ सय ५१ जना भुकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिनुभयो ।
जाजरकोटमा ४ सय २३ र रुकुम पश्चिममा ३ सय १३ गरी ७ सय ३६ विद्यालयमध्य २ सय ८ वटा विद्यालय पूर्ण रुपमा क्षती भएका छन् भने ४ सय १८ वटा विद्यालय आशिंक रुपमा क्षती भएको तथ्याङ्कमा जानाइएको छ ।
धेरै क्षती जाजरकोटका विद्यालयहरुमा भएको छ । जाजरकोटमा मात्रै १ सय ७३ पूर्ण रुपमा र ४ सय ८ आशिंक रुपमा क्षती भएका छन । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० वटा विद्यालय आशिंक रुपमा क्षती भएका छन् ।
६७ जना विद्यार्थीको मृत्यु
भुकम्पमा परि ६७ जना विद्यार्थीहरुको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । जसमा सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ जना र जाजरकोटमा ३२ जना विद्यार्थीको मृत्यु भएको शिक्षा अधिकृत सुनारले जानकारी दिनुभयो ।
३६ जना रुकुमपश्चिम र ३५ जना जाजरकोटका गरी ७१ जना विद्यार्थी घाईते भएको जनाएको छ । घाइतेमध्य अधिकांसको अवस्था सामान्य रहेको सुनारको भनाई छ ।
यस्तै, भुकम्पमा परि जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुइजना शिक्षक घाइते भएका छन् ।सरकारी योजना केछ ?
प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा तत्काल ६ सय वटा सिकाई केन्द्रहरु स्थापना गर्ने योजना बनाएको छ ।
समाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत बलबिर सुनारले तत्काल भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाई केन्द्रहरु निर्माण गरि विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउने योजना रहेकोब ताउनुभयो ।
यस्तै, दश हजार सेट पाठ्यपुस्तक उपलब्ध गराउने, विद्यालयहरुमा ७ सय वटा किट उपलब्ध गराउने अस्थायी शौचालय ५ सय वटा तत्काल निर्माण गरी प्रयोग ल्याउने योजना मन्त्रालयले गरेको उहाले बताउनुभयो ।
विद्यालयमा भएको भौतिक संरचना क्षतीको लेखाजोखा गरी पुननिर्माणको कामलाई अगाडी बढाउने तयारी गरिएको छ ।
भुकम्पका कारण जाजरकोट र रुकुममा ४० हजार बढी विद्यार्थी प्रभावित
भुकम्पका कारण जाजरकोट र रुकुममा ४० हजार बढी विद्यार्थी प्रभावित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु