सुर्खेत । कर्णालीमा महको उत्पादन बढ्दै गएको छ ।
प्रदेश सरकारको तथ्याङ्कअनुसार कर्णालीमा महको उत्पादन बढ्दै गएको हो । दुइ आर्थिक बर्षको तथ्याङ्कलाई हेर्दा कर्णालीमा मह उत्पादन बढेको कृषि निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
जस अन्तरगत आर्थिक बर्ष २०७७/७८ मा २२४ मेट्रिक टन मह उत्पादन हुँदा आर्थिक बर्ष २०७८/०७९ मा ३ सय ८७ मेट्रिक टन मह उत्पादन भएको निर्देशानालयका निमित्त निर्देशक चित्र बहादुर रोकायले बताउनुभयो ।
मह उत्पादनबाट कर्णालीले बार्षिक साढे २६ करोड आम्दानी गर्ने गरेको भन्दै उहाले मौरी पालन व्यवसायलाई अझै प्रवद्र्धन गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने गरिएको बताउनुभयो । गत बर्ष मात्रै महबाट कर्णाली प्रदेशमा २६ करोड ५१ लाखको आम्दानी भएको थियो ।
निर्देशक रोकायले फुल फुल्ने समयमा पानी परेका कारण यो बर्ष मह उत्पादन घट्न सक्ने बताउँदै भुकम्पले पनि मह उत्पादनमा गिरावट आउन सक्ने बताउनुभयो ।
अन्य जिल्लाको तुलनामा कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लामा मह उत्पादन धेरै हुने गरेको छ । तर कात्तिक १७ गतेको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका धेरै ठाउँमा गरिएको मौरी पालन व्यवसायमा समेत असर पर्दा मह उत्पादन घट्न सक्ने उहको भनाई छ ।
अहिले प्रदेशका १० वटै जिल्लामा परम्परागत १५ हजार ८ सय ५७ र १९ हजार ७६ आधुनिक घारहरु गरी ३५ हजार घारहरुमा मौरी पालन हुँदै आएको छ ।
कर्णालीमा महको उत्पादन बढ्दै
कर्णालीमा महको उत्पादन बढ्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

