सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा लगानी सम्मेलन गर्ने भएको छ ।
प्रदेशमा नीजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनको लागि चालु आर्थिक बर्षभित्रै लगानी सम्मेलन गर्नेगरी तयारीमा प्रदेश सरकार लागेको हो ।
लगानी सम्मेलन गर्नेगरी सरकारले बार्षिक कार्यक्रमभित्र नै योजना बनाएको भन्दै आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले त्यसको लागि सरकारले तयारी थालेको जानकारी दिनुभयो । “हामी यही बर्षभित्र लगानी सम्मेलन गर्नेगरी तयारीमा लागेका छौँ ।” मन्त्री सिंहले भन्नुभयो, “हाम्रो बार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ । त्यहीअनुसार अहिले हामी तयारीमा लागेका छौँ,”
कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी सरकारले योजना बनाएको बताउँदै उहाले प्रदेशभित्र उद्योग संचालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने मन्त्री सिंहले बताउनुभयो । “कर्णालीका लागि उपयुक्त हुने खालका उद्योगहरु स्थापना गर्ने र त्यसको लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशमा अथाहा रहेका श्रोतहरुको उचित रुपमा प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउनेगरी लगानी सम्मेलन गर्दै छौँ ।” उहाले भन्नुभयो ।
कर्णालीको श्रोतहरुको उचित परिचालन गरी आन्तरिक आम्दानी बढाउनेगरी सरकारले काम थालेको भन्दै त्यसमा सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको उहाको भनाई छ ।
लगानी सम्मेलेन यही बर्षभित्र गर्ने तयारी गरिएपनि मिति भने तय भइसकेको छैन् । जाजरकोट भुकम्पका कारण लगानी सम्मेलनमा केही असर गरेको भन्दै चाँडै नै मिति तय गर्ने मन्त्री सिंहले बताउनुभयो ।–––
कर्णालीमा यही बर्षभित्र लगानी सम्मेलन हुने, तयारीमा जुट्यो प्रदेश सरकार
कर्णालीमा यही बर्षभित्र लगानी सम्मेलन हुने, तयारीमा जुट्यो प्रदेश सरकार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

