सुर्खेत । कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको हो ।
कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बेला मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताउनुभयो । तर, आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु हुने छैन । उहाका अनुसार ड्युटी टिममा रहेका कर्मचारीलाई जरुरी भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गरिने छ ।
सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रित गरून्, ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी राखून् र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन् सकियोस भन्ने उद्देश्यले यो व्यवस्था सुरु गरिएको उहाले बताउनुभयो ।
यसरी मोबाइल नचलाएर प्रहरीले ड्युटी गर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च बचत हुनुका साथै प्रहरीप्रति नागरिकको विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ ।
ड्युटीको समयमा मोबाइल नचलाउन÷नबोक्नका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र समेत गरिसकेको छ ।
यस विषयमा प्रदेशले प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ ।
कर्णालीमा ड्युटीका क्रममा प्रहरीले फोन चलाउन नपाइने
कर्णालीमा ड्युटीका क्रममा प्रहरीले फोन चलाउन नपाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
