सुर्खेत । आफुहरुको पहुँच अझै राज्यसम्म पुग्न नसकेको अपाङ्गता भएका व्यक्तीहरुले गुनासो गरेका छन् ।
राज्यका हरेक क्षेत्रमा आफुहरुको पहुँच पुग्न नसकेको भन्दै संचार माध्यमहरुले अझै आफुहरुका समस्याहरु उजागर गरिदिन सक्नुपर्ने सुझाव दिएका हुन् ।
अपाङ्गता भएका व्यक्तीहरुको ३२ औं अन्तराष्ट्रिय दिवस्का अवसरमा आज नेपाल नेत्रहिन संघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनिहरुले आफुहरुको पहुँच राज्यका हरेक क्षेत्रमा पुर्याउनको लागि संचार माध्यमहरुको भुमीका महत्वपूर्ण हुने बताएका हुन् ।
अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनुभएका सुर्खेतका सुरेश खड्काले अपाङ्गता भएका व्यक्तीहरुलाई राज्यले अहिलेपनि उपेक्षा गरेको भन्दै यसको निराकरणमा आम सञ्चार माध्यमको भुमीका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुलाई नसक्ने भनेर दयालु भावनाले हेर्नुभन्दा पनि उनिहरुको पहुँच राज्यका हरेक क्षेत्रमा पुर्याउनेगरी पैरवी गरिदिन सुझाव दिनुभयो ।
सिम्ता गाउँपालिकाका चेतन सुनारले आफुहरुजस्ता अपाङ्गता भएका व्यक्तीहरुको लागि पहुँचयुक्त सडकहरु नभएको भन्दै त्यतातर्फ पनि सरकारले सोच्नुपर्ने बताउनुभयो ।
उहाले कर्णालीमा निर्माण भएका सडकहरु अपाङ्गता भएका व्यक्तीहरुको पहुँचयुक्त नभएको भन्दै संचारमाध्यमहरुले यसमा पैरवी गर्न सुझाव दिनुभयो ।
अर्का सहभागी शेर बहादुर ओलीले अपाङ्गता भएका व्यक्तीहरुको राजनितिमा पहुँच बढाउनुपर्ने भन्दै कुनै पनि पार्टीले आफुहरुलाई समावेश नगरेको गुनासो गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तीहरुले सञ्चारमाध्यममा आफुहरुका सवालहरु केही रुपमा उठेपनि अझै धेरै बाहिर आउन बाँकी रहेको बताएका थिए ।
सहभागीहरुबाट उठेका जवाफ दिँदै नेपाल पत्रकार महासंघ सुर्खेत शाखा अध्यक्ष ललित बसेलले अपाङ्गताका सवालहरु सुर्खेतका सञ्चार माध्यमहरुमा केही रुपमा समेटिएको भन्दै आगामी दिनमा अझै सवालहरुलाई उठाउने प्रतिवद्धता जनाउनुभयो ।
उहाले मोफसलमा बसेर पत्रकारिता गर्नुपर्ने आफुहरुको बाध्यता रहेको भन्दै त्यसले गर्दा पनि अपाङ्गताको सवालहरु उठ्न नसकेको स्वीकार गर्नुभयो ।
पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारतीले संचारमाध्यमले हरेक सवालहरु उठाइरहेको बताउनुभयो । उहाले अपाङ्गता भएका व्यक्तीहरुलाई अपमान हुने खालका शब्दको प्रयोग गर्नहुन्न भनेर चेतना जगाउनको लागि स्थानीय पाठ्यक्रममा समेत समावेश गर्न पैरवी गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रेस युनियुन सुर्खेतका अध्यक्ष मधुवन विसीले अपाङ्गताका सवालहरु सञ्चारमाध्यममा समेटिएको उल्लेख गर्दै अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्थाहरु एकद्वार प्रर्णालीबाट काम गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल नेत्रहिन संघ वरिष्ट उपाध्यक्ष खोमराज शर्माले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथी छलफल गरिएको थियो । नेत्रहिन संघले कर्णालीका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कर्णालीमा ५२ हजारभन्दा धेरै अपाङ्गता भएका व्यक्तीहरु रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा छ । त्यसैगरी प्रदेशमा न्युन दृष्टि ७ हजार ४ सय ७१, दृष्टिविहिन २ हजार २ सय ६८ गरी ९ हजार ७ सय ३९ दृष्ट्रिबिहिन रहेको तथ्याङ्क छ ।
राज्यसम्म पहुँच पुग्न नसकेको अपाङ्गता भएका व्यक्तीहरुको गुनासो
राज्यसम्म पहुँच पुग्न नसकेको अपाङ्गता भएका व्यक्तीहरुको गुनासो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
