सुर्खेत । कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तीहरुको लागि छुट्टै नीति बनाउने भएको छ ।
३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुको क्षमता विकास, रोजगारी लगायतको लागि आफुहरुले नीति बनाएर बार्षि कार्यक्रम ल्याउनको लागि पहल गर्ने भन्दै मन्त्री पोख्रेलले अब बस्ने क्याविनेट बैठकमा यो विषयलाई प्रवेश गराउने बताउनुभयो ।
प्रदेश सरकार पछाडी पारिएका वर्ग र समुदायलाई समावेशी ढङ्गले अगाडी बढाउनको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको उहाले दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ढ खनालले नगरपालिकाभित्र अपाङ्गता भएका व्यक्तीहरुको तथ्याङ्क संकलन भइरहेको भन्दै त्यसपछि पालिकाबाट विभिन्न कार्यक्रम संचालन गरिने बताउनुभयो ।
उहाले अस्थायी र स्थायी रुपमा वीरेन्द्रनगर नगरपालिकाभित्र बस्दै आएका अपाङ्गता भएका व्यक्तीहरुको तथ्याङ्क संकलन अन्तिम चरणमा रहेको भन्दै तथ्याङ्कपछि मात्रै योजना बनाइने बताउनुभयो ।
यसैबिच, दिवसका अवसरमा अपाङ्ग महासंघ कर्णाली प्रदेशले ह्वीलचियर दौड प्रतियोगिता गराएको छ ।
वीरेन्द्रनगरमा आयोजना गरिएको प्रतियोगितामा पूरुषतर्फ कुल बहादुर प्रथम हुनुभएको छ । भने नौले सहकारी बोगटी द्वितिया र पूर्ण बहादुर सिजापती तृतिया हुनुभएको छ ।
त्यसैगरी महिलातर्फ दुधकली काकी प्रथम हुँदा विष्णु कुमारी शाही द्वितिया र बुद्धी कुमारी ऐरी तितृया हुनुभएको आयोजक अपाङ्ग महासंघ कर्णाली प्रदेशका जितलाल ढकालले बताउनुभयो ।
उहाँका अनुसार घैँटो फुटाउने खेल समेत आयोजना गरिएको थियो । समावेशीताको उदाहरण दिने उृद्देश्यले आयोजना गरिएको घैँटो फुटाउने प्रतियोगितामा अपाङ्गता भएका र नभएका व्यक्तीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । जसमा बहिरा अपाङ्गता भएका व्यक्ती अर्जुन नेपाली प्रथम हुनुभएको छ ।
दुर्गा नेपाली द्वितिया र विष्णु पुरी तृतिया हुनुभएको छ । अवसर पाएपछि अपाङ्गता भएका व्यक्तीहरुले पनि काम गर्न सक्छन भन्ने सन्देश दिनको लागि प्रतियोगिताको अयोजना गरिएको ढकालले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तीहरुको लागि छुट्टै नीति बनाउँछौँः मन्त्री पोख्रेल
अपाङ्गता भएका व्यक्तीहरुको लागि छुट्टै नीति बनाउँछौँः मन्त्री पोख्रेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
