सुर्खेत । नेकपा एमालेका अध्य्रक्ष केपी शर्मा ओलीले आउँदो २०८४ को निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ ।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा सुर्खेतमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उहाले यस्तो दाबी गर्नुभएको हो ।
वडादेखि नै एमालेले ५१ प्रतिशत मत ल्याउने दाबी गर्दै उहाले एमालेको बहुमत नआए देश बर्बादीमा जाने भएकाले आफुहरुले मिसन ८४ भनिरहेको बताउनुभयो ।
देशको व्यवस्था मात्रै परिवर्तन भएको भन्दै अवस्था परिवर्तन गर्नको लागि देशको नेतृत्व एमालेले लिनुपर्ने भन्दै त्यसका लागि मध्यपहाडी यात्रामा आफुहरु आएको उहाले उल्लेख गर्नुभयो ।
अहिलेको सरकारलाई थोत्रोको संज्ञा दिँदै अध्यक्ष ओलील नीति, बिचारबिहीन सरकारबाट देशको समृद्धी हासिल हुन नसक्ने बताउनुभयो । उहाले अब यो सरकारले केही काम गर्न नसक्ने जिकीर गर्नुभयो ।
संकल्प अभियान अन्तरगत दैलेख पुगेका ओलीले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन क्षेत्रको अवलोकन गर्दै पेट्रोलियम अन्वेषणको कामलाई थप अघि बढाउनुपर्ने बताउनुभएको थियो ।
अध्यक्ष ओली दैलेखको डुङ्गेश्वरमा नागरिक भेटघाट र गुराँस गाउँपालिकाको प्रशासकीय भवनको उद्घाट र नागरिक भेटघाट गरेर वीरेन्द्रनगर आइपुग्नुभएको हो । एमालेको संकल्प अभियान १८ दिनसम्म संचालन हुने एमालेले जनाएको छ ।
आउँदो निर्वाचनबाट एकल बहुमत ल्याउँछौः ओली
आउँदो निर्वाचनबाट एकल बहुमत ल्याउँछौः ओली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
