सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन ।
गएराति अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार बिहान डम्मर आफैँले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी जवान दिलबहादुर महताराले जानकारी दिनुभयो ।
‘हिजो राति डम्मरले श्रीमतीको हत्या गरेपछि आज बिहानै हाम्रो कार्यालयमा गएर मैले श्रीमतीको हत्या गरेको छु भनेर हाजिर हुनुभयो’, महताराले भन्नुभयो ।
उनी प्रहरी नियन्त्रणमा रहेका छन् । ‘अहिले जिप्रकाबाट प्रहरीको टोली घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ, मृतक सितलीको टाउँकोमा घाउ देखिएको छ’, उहाले भन्नुभयो ।
हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सल्यानमा श्रीमानले बन्चरोले हानेर श्रीमतीको हत्या
सल्यानमा श्रीमानले बन्चरोले हानेर श्रीमतीको हत्या
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
