सुर्खेत । विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल मधुवन विसी सम्मानित हुनुभएको छ ।
पत्रकारिताको माध्यमबाट सुर्खेतको आर्थिक विकास र समृद्धिका लागि अतुलनिय योगदान पु¥याएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले आज विसीलाई सम्मानित गरेको हो ।
संघको ४० औंँ वार्षिक साधारण सभामा विसीलाई नगदसहित सम्मान गरिएको हो । विसी कर्णाली प्रदेशको अग्रनी रेडियो भेरी एफएममा कार्यरत छन् । उहा प्रेस यु्नियन सुर्खेतको अध्यक्ष समेत हुनुहुन्छ । उहाले विस २०६७ सालदेखि रेडियो भेरीमा काम गर्दै आउनुभएको छ । रेडियो पत्रकारितामा अनुभवी रहेका पत्रकार विसीले २०७६ बर्ष उत्कृष्ट पुरस्कार समेत पाइसक्नुभएको छ ।
पत्रकार विसी सम्मानित
पत्रकार विसी सम्मानित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
