सुर्खेत । दैनिक उपभोग्य वस्तुको गुणस्तरप्रति नागरिक सचेत बन्न थालेका छन् ।
पछिल्लो समय विविन्न नीकायको नियमित अनुगमनले उपभोक्ता र व्यवसायीहरु गुणस्तरयुक्त उपभोग्य सामग्रीको उपभोग गनुपर्छ भन्नेतर्फ सचेत बन्न थालेका हुन् ।
विगतका बर्षहरुमा अनुगमनको क्रममा अखाद्य र म्याद गुर्जेका उपभोग्य सामाग्री बजारमा छरपष्ट पाइने गरेको भएपनि पछिल्लो समय आम उपभोक्ता र व्यवसायीहरु समेत यसमा सचेत हुन थालेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ ।
सुर्खेत वीरेन्द्रनगरसहित अन्य बजारहरुमा अनुगमन नियमित हुने गरेको भन्दै निर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्देशनालयका अनुगमन शाखा प्रमुख माधव प्रसाद न्यौपानेले आम उपभोक्तामा समेत सचेत हुन थालेको बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय व्यवसाय दर्ता गरेर संचालन गर्ने, दर्ता अध्यावधिक गर्ने कार्यमा समेत सुधार आएको छ ।
यसैबिच, वीरेन्द्रनगरमा आज बजार अनुगमन गरिएको छ ।
उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको नेतृत्वमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का २० वटा विभिन्न पसलहरुको संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा विगतकोभन्दा म्याद गुज्रेका र अखाद्य वस्तुहरु कमै मात्रामा भेटिएको निर्देशनालयका थिर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
होटेल व्यवसाय, खाद्य र खुद्रा पसल, औषधी पसल, बेकरी उद्योग र कपाल काट्ने पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा होटेलहरुमा सरफाई नगरिएको, केही पसल दर्ता बिना संचालन भएको र केहीमा सानो परिणाममा म्याद गुज्रेका सामग्री फेला परेको थियो ।
म्याद गुज्रेका सामग्रीलाई अलग्गै राख्न, होटेलमा सरसफाई गर्न, मेडिकल र कपाल काट्ने पसल दर्ता गरी चलाउन र नापतौल सामग्री दर्ता गर्न निर्देशन गरिएको श्रेष्ठले बताउनुभयो ।
निर्देशनालय सुर्खेतको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय, वीरेन्द्रनगर नगरपालिका, नगर प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, र पत्रकार महासंघ सुर्खेतको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।
नियमित बजार अनुगमनले उपभोग्य वस्तुको गुणस्तरप्रति नागरिक सचेत बन्दै
नियमित बजार अनुगमनले उपभोग्य वस्तुको गुणस्तरप्रति नागरिक सचेत बन्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

