सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुले न्यायिक नीकायमा समान पहुँच पुग्नेगरी नीति बनाउन माग गरेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा आयोजना गरेको सार्बजनिक वहस कार्यक्रममा सहभागी भएका उनिहरुले यस्तो माग गरेका हुन् ।
कुनैपनि नीकायमा सेवाको लागि जाँदा अपाङ्गता भएका व्यक्तीहरुको लागि पहुँचयुक्त वातावरण नभएको भन्दै यसमा सरकारले गम्भिर भएर सोच्नुपर्ने उनिहरुको भनाई छ ।
अपाङ्गता भएका व्यक्तीहरु घरपरिवारबाटै विभेदमा पर्ने गरेको भन्दै उनिहरुले अन्य क्षेत्रमा पनि विभेद कायम रहेकोले आफुहरुको पहुँचमा न्याय पाउने नीकाय, संरचनाहरु नभएको उनिहरुको गुनासो छ ।
कार्यक्रम सहभागी भएकी वीरेन्द्रनगरका रत्ना रानाले अपाङ्गता भएका व्यक्तीहरु न्यायको माग्न जानुपर्दा थुप्रै समस्या खेप्नुपरेको बताउनुभयो ।
उहाले भौतिक संरचना अपाङ्गतामैत्री नभएको बताउँदै बहिरा अपाङ्गता व्यक्तीहरु न्याय माग्न जाँदा भाषाको समेत समस्या रहेको बताउनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुको प्रजनन् अधिकारमा समेत पहुँच पुग्न नुसकेको भन्दै यसमा पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सुर्खेत लाटीकोइलीका धर्म रावलले पनि शिक्षामा समेत अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसकेको भन्दै विशेषगरी बहिरा अपाङ्गता भएका व्यक्तीहरुको लागि पाठ्यक्रममा नै सांकेतिक भाषा राखेर पठपाठनगरिनुपर्ने माग राख्नुभयो ।
अर्का सहभागी झक्क प्रसाद पोखरेलले पनि अपाङ्गता भएका व्यक्तीहरु कुनैपनि नीकायमा सहज रुपले पहुँचमा पुग्न नसकेको भन्दै अपाङ्गता क्षेत्रमा के कामहरु भइरहेका छन् भनी प्रश्न गर्नुभयो ।
सहभागीहरुले अपाङ्गता परिचयपत्र वितरणमा भएका समस्या हटाउन, विद्यालय शिक्षा र सेवा लिन जाँदा न्यायमा समान पहुच पु¥याउनको लागी नीति बन्नुपर्ने लगायतका मागहरु राखेका थिए ।
यता, सहभागीहरुको जवाफ दिँदै सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले यातायातमा अपाङ्गता भएका व्यक्तीहरुको लागि दिइने ५० प्रतिशत छुट नदिइएको भन्ने गुनासो जिल्ला प्रशासनमा आएको भन्दै यसको समाधान गरिने प्रतिवद्धता जनाउनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरु न्यायमा पहुँच पुर्याउन नीति बनेको र बनेका नीतिहरुकोसही ढङ्गले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी लक्ष्मण शाहीले जिल्ला प्रहरीमा अपाङ्गता भएका व्यक्तीहरुको उजुरी कमै मात्र आएको बताउनुभयो । उहाले ११ महिनाको अवधीमा जम्मा तिनवटा निवेदनहरु प्रहरीमा दर्ता भएको जानकारी दिँदै अपाङ्गता भएका व्यक्तीहरुलाई घरपरिवारबाटै समेत विभेद हुने गरेको पाइएको जानकारी दिनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुलाई पहुँच पुर्याउनको लागि जिल्ला कार्यालय सुर्खेतमा अपाङ्गता सहायता कक्ष स्थापना गरि सेवा दिइरहेको बताउनुभयो ।
अपाङ्गतामैत्री वातावरण प्रहरी कार्यालयमा गरिएको बताउँदै २०७४ सालभन्दापछि बनेका प्रहरी भवनहरु पूर्ण अपाङ्गतामैत्री रहेको जानकारी डएसपी शाहीले दिनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका सुचना अधिकारी मान बहादुर कार्कीले अपाङ्गता भएका व्यक्तीहरुले आफुहरुमाथी मानवअधिकार हनन भएको भनेर दैलेखमा केबी बर्ष अगाडी उजुरी परेको बताउनुभयो ।
यसैबिच, वीरेन्द्रनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्तीहरुको तथ्याङ्क संकलनको काम गरिरहेको भन्दखै अपाङ्गता सवालमा विभिन्न योजना गराउनेगरी नीति बनाउने नगर कार्यपालिका सदस्य एवम सामाजिक विकास समितिका संयोजक टीका घलेले जानकारी दिनुभयो ।
न्यायिक नीकायमा समान पहुँच पुग्नेगरी नीति बनाउन अपाङ्गता भएका व्यक्तीहरुको माग
न्यायिक नीकायमा समान पहुँच पुग्नेगरी नीति बनाउन अपाङ्गता भएका व्यक्तीहरुको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
