सुर्खेत । सुर्खेतका एकल महिलाहरुले आफुहरुको लागि आयआर्जनमुलक क्रियाकलाप संचालन गरिदिन स्थानीय सरकारसँग माग गरेका छन् ।
मानव अधिकारका लागि महिला, एकल महिला सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा सहभागी भएका उनिहरुले आफुहरुको जिविकोपार्जनको लागि आयआर्जनमुलक क्रियाकलाप संचालन गरिदिन माग गरेका हुन् ।
जिवीका चलाउन नै समस्या रहेको भन्दै जिविका चलाउन आपुहरुको लागि भएपनि आय आर्जनमुलक कार्यक्रम सरकारले संचालन गर्नुुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै एकल महिला पद्मा बोहोराले आफुले स्वास्थ्य उपचार गरिरहनुपर्ने भएपनि आर्थिक अभावका कारण उपचार गर्न नपाएको दुखेसो पोख्नुभयो ।
उहाले आफुजस्तै समस्या भएका एकल महिलाहरुको लागि नगरपालिकाले स्वास्थ्य बिमा गरिदिन माग गर्नुभयो ।
अर्का सहभागी पार्वती खरेलले बेपत्ता पारिएका परिवारका लागि आयआर्जनसँगै निशुल्क शिक्षा स्वास्थ्यको व्यवस्था गरिदिनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले समाजमा अहिले पनि विभेदहरु कायम रहेको भन्दै यसको अन्त्यको लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले द्वन्द्वकालिन मुद्धा समाधानको लागि अहिले संघिय सरकारले काम गरिरहेको बताउँदै सबैले न्याय पाउनेगरी यसको समाधान हुनुपर्ने बताउनुभयो ।
खनालले वीरेन्द्रनगर नगरपालिकाबाट एकल महिलाहरुको लागि हिउँदे अधिवेशनबाट आयआर्जनमुलक कार्यक्रम संचालन गर्न बजेट सुनिश्चित गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, एकल महिला समुहका कार्यक्रम अधिकृत डिला आचार्य, एकल महिला समुहका अध्यक्ष ममता नगाल लगायतको सहभागिता रहेको थियो ।
एकल महिला समुहले अहिले दुइवटा कार्यक्रमहरु संचालन गरिरहेको छ ।
एकल महिलाहरु भन्छनः हामी स्वरोजगार बन्न चाहान्छौ
एकल महिलाहरु भन्छनः हामी स्वरोजगार बन्न चाहान्छौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

