डोल्पा । डोल्पामा करेन्ट लागेर बालिका गम्भीर घाइते हुनुभएको छ ।
मुख्य सडक नजिकै खुला ठाउँमा राखिएको ट्रान्सफर्मरबाट करेन्ट लागेर ठुलीभेरी नगरपालिका–७ की ८ वर्षीया साजना शाही गम्भीर घाइते भएकी डीएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो ।
आइतबार दिउँसो करिब १ बजेतिर दारिम बिसौनामा विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले खुला रूपमा राखेको ट्रान्सर्फमरको नांगो तार समाउँदा बालिकालाई करेन्ट लागेको हो ।
खेल्ने क्रममा ट्रान्सर्फमरबाट निस्केको नाङ्गो तार समाउँदा करेन्ट लागेको वडा नम्बर ८ का अध्यक्ष मनराम ठकुल्लाले बताउनुभयो ।
घाइते बालिकासँगै एक दर्जन बालबालिका पनि सँगै गएको र पछि बालबालिका चिच्याएर खबर गरेपछि थाहा भएको उहाको भनाइ छ ।
घाइते बालिकाको उपचारका लागि जिल्ला अस्पताल डोल्पा पु¥याइएको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको डाक्टर अखन्ड उपाध्यायले जानकारी दिनुभयो ।
विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रको लापरबाहीले डोल्पामा घटनाहरू पटकपटक दोहोरिने गरेको समेत पाइएको छ ।
डोल्पामा करेन्ट लागेर बालिका गम्भीर घाइते
डोल्पामा करेन्ट लागेर बालिका गम्भीर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
