सुर्खेत । भनिन्छ बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्न सक्छ । त्यसैगरी बालबालिकालाई पनि संरक्षण र अवसर दिए उनिहरु पनि देशका सभ्य सक्षम नागरिक बन्न सक्छन् । अझै अपाङ्गता भएका र विशेष संरक्षणको अवश्यकता भएका बालबालिकाहरुलाई झनै अवसर दिनुपर्ने हुन्छ । अवसर पाएपछि अब्बलतातर्फ जान सक्छन भन्ने उदाहरण बनेका छन् कर्णालीका बालबालिका । त्यस्तै मध्यका एक हुनुहुन्छ मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ का अनिता भियाल । उमेरले १७ बर्ष पुगेका भियाल पूर्ण दृष्ट्रिबिहिन अपाङ्गता हुनुहुन्छ । उहालाई हिडडुल गर्न अरु व्यक्तीको सहारा चाहिन्छ । सानैदेखि नयाँ सिर्जनशिलतामा अब्बल रहेकी भियालले ५ कक्षासम्म पुगुमै पढ्नुभयो ।
दृष्ट्रिबिहिन भएकै कारण धेरै हेपाई र दुव्र्यवहार भोग्नुपर्यो । गाउँमा पनि उहाले अरुको हेपाई सहनुप¥यो भने विद्यालयको होस्टेल बस्दा पनि हेपाई सहनुप¥यो । अपाङ्गता भएको मान्छेले पढेर के नाई गर्न सक्छस् र ? भन्ने प्रश्नहरु सबैले गर्थे भियालले भन्नुभयो, “त्यती मात्रै होइन, होस्टेलमा बस्दा पनि त्यहाँ मलाई दुव्र्यवहारको प्रयास पनि भयो, म बल्ल बल्ल बचेँ । अनि यी सबै कुरा बुवा आमालाई सबै कुरा भनेपछि उहाहरुले मेरो कुरा बुझ्नुभयो, अनि मलाई सुर्खेत पठाउने निर्णय गर्नुभयो ।”
उहाँमाथी गरिने व्यवहारले भियाललाई असहज महसुस भइरहेको थियो । “सबैको व्यवहार देखेर मलाई धेरै पिडा हुन्थ्यो म किन जन्मिएको हुँला भन्ने समेत मलाई लाग्थ्यो । तर बुवा आमाले सुर्खेतमा पढ्न पठाउने निर्णय गर्नुभयो, हाम्रो परिवारसँग भनेअनुसारको पैसा थिएन । जसरी भएपनि पढाउछु भनेर बुवाले भनेपछि म सुर्खेत आएँ उहाले भन्नुभयो ।”
सुर्खेत आएपछि भियालले श्रकृष्ण संस्कृत तथा साधरण मावी इत्राममा ६ कक्षाबाट पढ्न शुरु गर्नुभयो । ब्रेललिपीमा पढीरहेकी भियालको परिवारको आर्थिक अवस्था कमजोर थियो । पढाई खर्च नै जुटाउन हम्मेहम्मे परिरहेका बेला त्यही विद्यालयमा पढाउने दृष्ट्रिबिहिन सम्बन्धी अपाङ्गता भएका शिक्षक सुरेश खड्काले छात्रावृत्तिमा पढ्ने वातावरण मिलाइदिएपछि उहालाई केही रुपमा सहज भयो । उहाले धेरै हौसला समेत पाउन थाल्नुभयो । म ६ कक्षादेखि पढ्न सुर्खेत आएको हो । उहाले भन्नुभयो, “यता आइसकेपछि ठाउँ प्रवेशमा म त्यती जानकार थिएन् । सरहरुको हौसला र मेरो काकीको साथले गर्दा मेरो आत्मबल बढ्यो । अब पढ्न सक्छु भन्ने लाग्न थाल्यो ।”
समधुर आवाजमा गित गाउँन समे सक्ने भियाललाई सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियान (सीसीआर) कर्णाली प्रदेशले समेत सहयोग गरेपछि उहाँलाई झनै सहज र आत्मबल बढ्यो । उहाँ प्रदेश बाल सञ्जालमा समेत आवद्ध भएर विभिन्न तालिमहरु समेत लिने अवसर पाउनुभयो । “म अहिले प्रदेश बाल सञ्जालको सदस्य पनि छु । सञ्जालमार्फत मैले विभिन्न क्षमता विकासका तालिमहरु लिन पाएँ । बालबालिकाको अधिकारका विषयमा समेत जानकारी पाएँ । अब मलाई लाग्दैछ म यो समाजमा रहेका म जस्तै बालबालिकाहरुको शिक्षा, स्वास्थय लगायतका अधिकारको लागि काम गर्छु ।” भियाल अहिले १० कक्षामा पढ्दै हुनुहुन्छ । उहाँ पढाईमा अब्बल हुनुहुन्छ ।
भियाल मात्रै होइन, जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ८ का जीवन रावत पनि उमेरले १६ बर्ष पुग्नुभयो । उहाँ पनि शाररिक रुपमा अपाङ्गता हुनुहुन्छ । सामान्य परिवारमा जन्मिएका रावत अहिले वीरेन्द्रनगरको इत्राम स्कुलमै कक्षा १० कक्षामा पढ्दै हुनुहुन्छ । उहालाई पनि सीसीआर कर्णालीले सहयोग गरिरहेको छ । प्रदेश बाल सञ्जालको सदस्य रहनुभएका रावतले धेरै कुराहरु सिक्ने अवसर पाउनुभएको छ । अपाङ्गता भएकै कारण हेपाईमा पर्ने गरेका रावत प्रदेश बाल सञ्जालमा जोडिएपछि आत्मबल बढेको बताउनुहुन्छ ।
“बाल सञ्जालमा जोडिएपछि धेरै कुराहरु सिक्ने अवसर पाएँ । बालअधिकार विषयमात्रै होइन, संसदीय अभ्यास पनि गर्न पाएँ । म पहिले बोल्न डराउथे तर अहिले सबैको अगाडी निर्धक्कसँग कुरा राख्न सक्छु । म अब जीवनमा जुनसुकै काम पनि गर्न सक्छु भन्ने आत्मबल बढेको छ ।”
अहिले पनि कर्णालीमा संरक्षणको अभावमा धेरै बालबालिकाहरु पढ्न लेख्न नपाएको भन्दै क्षमता भएका बालबालिकाहरु समेत अवसर नपाएको उहाको भनाई छ । भविश्यमा डाक्टर बनेर कुना कन्धरामा सेवा गर्ने लक्ष्य लिएका रावतले आफुलाई जस्तै सहयोग र संरक्षण अन्य बालबालिकालाई समेत आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँहरुजस्तै कर्णालीका धेरै बालबालिकाहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी नीकायहरुले संरक्षण र अधिकारमैत्री वातावरण तयार गर्न काम गरिरहेका छन् । केही रुपमा नीति समेत बनेका छन् । तर पर्याप्त नभएको बताइन्छ ।
बालबालिकाको अधिकार संरक्षणमा ध्यान दिऊः सरोकारवाला
नेपालको संविधानको धारा ३९ ले मौलिक हककै रुपमा बालबालिकालाई अधिकार दिएको छ भने बाल अधिकार सम्बन्धीको ऐन २०७५ ले समेत बालबालिको अधिकार र संरक्षणको व्यवस्था गरेको छ । तर यसको कार्यान्वयन भने अझै भने अनुसार नभएको बालअधिकारकर्मीहरु बताउछन् । कर्णालीमा बालबालिकाको क्षेत्रमा सरकारी तवरबाट लगानी कमजोर रहेको भन्दै उनिहरुले लगानी बढाउन सीसीआर कर्णाली प्रदेशका सचिवालय प्रमुख टेकराज आचार्य सुझाव दिनुहुन्छ । “बालबालिकाको अधिकार प्रत्याभुतको लागि विभिन्न व्यवस्थाहरु गरिएका छन् । त्यसको कार्यान्वयनको लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने हो त्यसो गर्न सकेको छैन आचार्य भन्नुहुन्छ”, “हामीले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटको विश्लेषण गर्दा करिब २ प्रतिशत मात्रै बालबालिकाको क्षेत्रमा बजेट छ, यती थोरै बजेटले नीति कार्यान्वयन गर्न समस्या हुन्छ ।”
कर्णालीमा विगतको भन्दा बालबालिकाको क्षेत्रमा नीतिगत सुधार हुँदै गएको भन्दै आचार्यले अब प्रदेश बालअधिकार समिति गठन चाँडै गर्नुपर्ने सुझाव दिनुभयो ।
यता, कर्णाली प्रदेश सरकारले भने बालबालिकाको क्षेत्रमा पर्याप्त काम गरिरहेको बताएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलले भविशयको समृद्धीको आधार बालबालिका भएको भन्दै सरकारले त्यही अनुसार नै लगानी गरिरहेको बताउनुहुन्छ । हामीले बालबालिकाको क्षेत्रमा विभिन्न साझेदार संस्थाहरुको सहयोगमा नीतिगत सुधारदेखि लगानी बढाइरहेका छौँ । तर बजेटको आकार कम छ, सबै क्षेत्रलाई समेट्नुपर्ने हुन्छ । त्यसैले बालबालिको क्षेत्रमा कम बजेट देखिएको हो । आगामी बर्षदेखि बालबालिको क्षेत्रमा बजेट बढाउँदै जाने मन्त्री पोख्रेलको प्रतिवद्धता छ ।–––
कर्णालीमा बालबालिका केन्द्रीत कार्यक्रमः अब्बल बन्दै बालबालिका
कर्णालीमा बालबालिका केन्द्रीत कार्यक्रमः अब्बल बन्दै बालबालिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु