मुगु । मुगुमा स्वास्थ्यकर्मीमाथि जातिय विभेद गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
मुगुको सोरु गाउँपालिका ९, खनैयाँ स्वास्थ्य चौकीमा अनमीको रुपमा कार्यरत दाङकी तुलसाकुमारी विकले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।
विकले सोरू गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्टविरूद्ध किटानी जाहेरी दिनुभएको थियो ।
त्यहीअनुसार धनप्रसाद भट्ट र झ्यापु शाहीलाई आइतबार पक्राउ गरी जिल्ला अदालत मुगुबाट म्याद थप भइसकेको थापाले बताउनुभयो ।
स्वास्थ्यकर्मीमाथि जातिय विभेद गरेको आरोपमा दुइजना पक्राउ
स्वास्थ्यकर्मीमाथि जातिय विभेद गरेको आरोपमा दुइजना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु