सुर्खेत । कर्णालीका ७ जिल्लामा टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
पाँच जिल्लामा टाइफाइड विरुद्धको खोप दिइने छ भने भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा भने टाइफाइडसहित दादुरा रुबेला विरुद्धको खोप दिइने भएको हो ।
१६ बर्षदेखि ४५ बर्ष उमेर समुहका व्यक्तीलाई टाइफाइडविरुद्धको र ६ महिनादेखि १५ बर्ष उमेर समुहलाई दादुरा र रुबेला बिरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्ला जिल्लामा टाइफाइड विरुद्धको खोप दिइने छ भने हुम्ला, मुगु र डोल्पामा भने केही समयपछि मात्रै खोप दिइने स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले जानकारी दिनुभयो ।
उहाका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसोका कारण खोप अभियान हिउँद सकिएपछि मात्रै संचालन गरिने छ ।
यस्तै, सुर्खेतमा मात्रै करिब २ लाख बढीलाई टाइफाइड विरुद्ध खोप दिइने भएको छ ।
दुइ चरणमा गरी १६ देखि ४५ बर्ष उमेर समुहका २ लाख एक हजार ९ सय ६३ जनालाई दादुराविरुद्धको खोप दिइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
पहिलो चरण यही पुष १२ गतेदेखि १५ गतेसम्म सुर्खेतका चिङ्गाड, चौकुने र वराहाताल गाउँपालिका, लेकवेसी र पञ्चपुरी पञ्चरपुरी नगरपालिकाका ६६ हजार १ सय ३५ जनालाई टाइफाइड विरुद्धको खोप दिइने छ ।
त्यसैगरी, दोश्रो चरणमा वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका १ लाख ३५ हजार ८ सय २८ जनालाई टाइफाइड विरुद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।
बाहिरी जिल्लाबाट विभिन्न शिलशिलमा प्रदेश राजधानी वीरेन्द्रनगरमा नागरिकहरु रहने भएकाले संख्या केही बढ्न सक्ने उहाले बताउनुभयो ।
गर्भवती महिला, एचआइभी संक्रमित, जटिल खालका बिरामीहरुलाई पनि खोप नदिइने उहाले बताउनुभयो ।
सुर्खेतभर ५ सय ४८ खोप केन्द्रबाट खोप सेवा संचालन गरिने छ भने ९ सय ६० जना स्वास्थ्यकर्मी र ९६० जना नै स्वयमसेवक परिचालन गरिने उहाले जानकारी दिनुभयो ।
यस सम्बन्धी जानकारी दिन जन स्वास्थ्य सेवा कार्यालयले आज वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहित सहभागी भएका थिए ।
यसअघि १५ बर्षमुनीका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिइसकिएको छ ।
कर्णालीका ७ जिल्लामा टाइफाइड विरुद्धको खोप लगाइँदै, सुर्खेतका २ लाख बढीलाई खोप दिइने
कर्णालीका ७ जिल्लामा टाइफाइड विरुद्धको खोप लगाइँदै, सुर्खेतका २ लाख बढीलाई खोप दिइने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु