सुर्खेत । कर्णाली प्रदेश सरकारले गाईभैँसी कल्याण सम्बन्धी मापदण्ड २०८० जारी गरेको छ ।
स्नेहाज कियर ललितपुर र नेपाल फार्मर्स एडभाइजरीको सहयोगमा कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड तयारी गरि जारी गरेको हो ।
यो मापलदण्ड व्यवसायि फर्महरुले आवलम्बन गर्नुपर्नेगरी मापदण्ड जारी गरिएको मन्त्रालयका सचिव डाक्टर नरहरी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
गाईभैंसीप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्नको लागि पशु सेवा ऐन २०५५ को मर्म र भावनाअनुसार मापदण्ड तयार गरिएको उहाले जानकारी दिनुभयो ।
पुष ४ गतेदेखि लागु गरिएको मापदण्डअनुसार व्यवसायिक फर्महरुले पशुलाई भोक,प्यास, कुपोषण हुन नदिने उल्लेख छ ।
त्यसैगरी, पशुलाई डर, त्रास, तथा तनाव हुन नदिने, लगायतका कुराहरु व्यवसायिक फर्महरुले पशु कल्याणको लागि पालना गर्नुपर्ने छ ।
गाईभैंसीलाई पैदल, ट्रक वा पिकअप गाडीमा राखेर ढुवानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
ढुवानी गर्दा हलचल गर्न सक्ने, घाउचोट नलाग्ने, अत्याधिक तातो वा चिसोबाट बचाउने, एकअर्कामा ठोक्किएर अंगभंग नहुनेगरी ढुवानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
गाईभैंसी व्यवसायिहरुले गाईभैंसी पालन गर्दा मापदण्डले तोकेअनुसारको व्यवस्थाको उल्लघंन गर्न नपाइने मन्त्रालयका सचिव घिमिरेले बताउनुभयो ।
अहिले गाईभैंसीको लागि मात्रै मापदण्ड बनाइएको भन्दै उहाले यसपछि समग्र पशुको कल्याण सम्बन्धिको मापदण्डहरु बनाइने समेत जानकारी दिनुभयो ।
पछिल्लो समय पशुहरुप्रति अमानविय व्यवहार बढ्न थालेको भन्दै पशु कल्याणको लागि मापदण्ड जारी गरिएको प्रदेश सरकारको भनाई छ ।
यो मापदण्ड बनाउनको लागि स्नेहाज केयर र नेपाल फार्मर्स एडभाजरीले सहयोग गरेका थिए ।
मापदण्डको बारेमा जानकारी दिन आज मन्त्रालयममा गरिएको पत्रकार सम्मेलनमा बोल्दै स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले बोल्न नसक्ने पशुहरुलाई मानिसहरुले पिडा दिने गरेको बताउनुभयो ।
पशु अधिकारका लागि आफुहरुले विगतदेखि नै काम गर्दै आएको भन्दै अब कर्णालीसहित देशभर पशु कल्याण सम्बन्धी नीति नीयम बन्न आवश्यक रहेको बताउनुभयो । उहाले बनेका ऐन नीयमको पनि कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा एडभाइजरी काउन्सिलका अध्यक्ष डाक्टर बिमल कुमार निर्मलले पनि यस विषयमा आफ्ना धाराणा प्रस्तुत गर्नुभएको थियो ।
कर्णालीमा गाईभैँसी कल्याण सम्बन्धी मापदण्ड जारी
कर्णालीमा गाईभैँसी कल्याण सम्बन्धी मापदण्ड जारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

