स्याङ्जा (गल्याङ) । स्याङ्जाको गल्याङ नगरपालिकाले पालिकाभित्र रहेका छोरीहरुलाई पाँच हजार जम्मा गरिदिने भएको छ ।
नगरकी छोरी कार्यक्रम अन्तरगत गल्याङ नगरपालिकाभित्रका छोरीहरुको सुरक्षाको लागि खाता संचालन गरि पाँच हजार रकम जम्मा गरिदिने भएको हो ।
कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षको साउन महिना यता जन्मिएका छोरीहरुको खाता पाँच हजार रकम जम्मा हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पाँच हजार सहित खाता खोलिदिन सुरु भएको नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले जानकारी दिनुभयो ।
नगरपालिका उपप्रमुख न्यौपाने तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर तीनमा मिना दर्जीकी आठ दिनकी छोरीको नाममा गरिमा विकास बैंकमा खाता खोलेर कार्यक्रमको उद्घाटन गरिएको छ ।
नगरपालिकाभित्रका छोरीहरुको सुरक्षाको लागि यो कार्यक्रम शुरु गरिएको जनाइएको छ । कार्यक्रमले बालबिवाह रोक्नका साथै शिक्षामा छोरीहरुको पहुँच बढाउने अपेक्षा गरिएको छ ।
छोरीका नाममा नगरपालिकाले जम्मा गरिदिएको रकम १८ वर्ष पुगेपछि मात्र झिक्न मिल्ने उपप्रमुख न्यौपानेले बताउनुभयो ।
छोरी सुरक्षाका लागि नगरकी छोरी कार्यक्रम संचालन
छोरी सुरक्षाका लागि नगरकी छोरी कार्यक्रम संचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु