सुर्खेत । प्रश्न पत्र चुहावटको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले आफुमाथी चौतर्फी घेराबन्दी भएको जिकीर गर्नुभएको छ ।
विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोज्दा आफूमाथि चारैतिरबाट घेराबन्दी गरिएको उहाको दाबी छ । राजनीतिको आडमा आफूमाथि घेराबन्दी गरिएको जिकिर गर्नुभएको हो ।
आज प्रश्न पत्र चुहावट सम्बन्धी कारबाहीको विषयमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विश्वविद्यालय राजनीतिको चङ्गुलमा फसिरहेको र आफूले त्यसबाट माथि उठाउन खोजेको बताउनुभयो ।
पुस तीन गतेदेखि सञ्चालन हुने भनिएको स्कुल अफ इन्जिनियरिङ स्नातक तह छैटौँ सेमेस्टरको प्रश्न पत्र परीक्षा सञ्चालन हुनुभन्दा पहिला नै बाहिरिएको थियो ।
प्रश्न पत्र चुहावटको विषयमा छानबिन समिति समेत बनाइसकिएको छ भने परीक्षा स्थगित गरिएको छ । परीक्षा व्यवस्थापन कार्यालयबाट नै प्रश्न पत्र चुहावट भएको आशङ्का गरिएको छ ।
उपकुलपति सिंहले अहिलेसम्म ६ जना शंकाको घेरामा रहेको र उनीहरूमाथि छानबिन भइरहेको बताए । सिंहले जसरी भए पनि दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गर्नुभयो ।
विश्वविद्यालयमा यस्ता खालका गतिविधि यसअघि पनि भइरहेको र आफू आएपछि त्यस्ता गतिविधि बन्द गरेको उहाको भनाई छ ।
परीक्षामा समेत राजनीति गर्ने काम भइरहेको बताउँदै सिंहले यस्तो खालको गतिविधिले शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।
आफुमाथी घेराबन्दी छः उपकुलपती सिंह
आफुमाथी घेराबन्दी छः उपकुलपती सिंह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
