स्याङ्जा गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ राम्दी नाकाबाट आयात हुने कृषि तथा पशु पंक्षीजन्य वस्तुको गुणस्तर परिक्षण गरिने भएको छ ।
आम उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बालिबस्तुको गुणस्तर परिक्षण; नियमन तथा तथ्यांक व्यबस्थापन गरिने भएको हो ।
यस सम्बन्धी सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले भारतबाट आउने तरकारी मात्रै रोक्ने सके स्वदेशको उत्पादनले बजार पाउने बताउनुभयो ।
त्यसका लागि तिनै तहका सरकारले सहकार्य गरेर अगाडी बढ्नुपर्ने भन्दै विषदीको प्रयोग घटाउनुपर्नेमा जोड दिनुभयो ।
अर्गानिक तरकारी उत्पादनमा सबैले जोड दिनुपर्नेमा बताउदै विषादीमुक्त गर्नुपर्ने र स्वस्थ जीवन विताउनुपर्ने बताउनुभयो ।
गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराइले स्वदेशमै अवसर हुँदा हुँदै पनि विदेशिने दर बढेको बताउनुभयो ।
यसलाई रोक्नको लागि कृषिमा लगानी बढाउन आवश्यक रहेको भन्दै प्रसस्त सम्भावना देशमै रहेको बताउनुभयो । उहाले भन्नुभयो, हामीसँग प्रशस्त भविष्य छ, प्रशस्त सम्भावनाहरु पनि छन्, हाम्रो अगाडि अवसर हुदाहुदै पनि चुनौतीपुर्ण साघुरो बाटो रोज्ने प्रवित्ति बढेको छ, यस्तो परिपाटीलाई निराकरण गर्दै समृद्धी हासिल गर्नुपर्छ ।
नगरपालिकामा कृषिलाई प्राथमिकता दिइएको भन्दै मेहेनत र परिश्रम गर्न सके स्वदेशमै आत्मनिर्भर बन्न सकिनेमा जोड दिनुभयो । नगरपालिकाभित्र विषदीको प्रयोगलाई निरुत्साहित गर्ने योजना रहेको उहाको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेशभा सदस्यसीता सुन्दास, महेश भट्टराई, सुधिर पौडेल लगायतको सहभागिता रहेको थियो ।
विभिन्न सरोकारवालासँग भएको उक्त अन्तरक्रिया कार्यक्रमसँगै कृषि तथा पशुपन्छी नियमन इकाई , मालुङ्गाबाट आफ्नो क्रियाकलापहरु आयात निर्यातको विवरण तथा तथ्यांक एवं द्रुत विषादी अवशेष परीक्षण सुचारु भएको थियो ।

