सुर्खेत । कर्णालीमै पहिलो सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन शुरु गरिएको छ ।
नेपाल सरकार बैकल्पीक ऊर्जा प्रर्बद्धन केन्द्र, विश्व बैंक, केपि व्यवसायिक सेवा र वीरेन्द्रनगर नगरपालीका बिच भएको त्रिपक्षीय सम्झौताअनुसार प्रबिधिमा बैकल्पीकऊर्जा प्रर्बद्धन केन्द्रको ४० प्रतिशत अनुदान र केपीव्यवसायिक सेवाको ६० प्रतिशत लगानीमा निर्माण भएको यस उद्योगले उत्पादन सुरु गरी सकेको छ । व्यक्तीगत लगानीमा वीरेन्द्रनगर ११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।
वीरेन्द्रनगर ११ कै युवा कृष्ण प्रसाद ढकालले केपी व्यवसायी कम्पनीबाट दुइ विगाह जग्गा २० बर्षको लागि भाडामा लिएर फोहोरलाई मोहोरको रुपमा रुपान्तरण गर्न शुरु गर्नुभएको हो ।
नगरपालिकाभित्रको सबै फोहोरलाई संकलन गरि ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको ढकालले बताउनुभयो ।
१४ करोड लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरि ग्यास र जैविक मल उत्पादन शुरु गरिएको ढकालको भनाई छ । १४ करोडमध्य पाँच करोड विश्व बैंकको सहयोग छ ।
अहिले तरकारी पसलहरुबाट निस्कने फोहोरहरु संकलन गर्ने गरिएको भन्दै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहोर संकलन गरि प्रयोग गरिने योजना रहेको बताउनुभयो । “हामीले नगरपालिकासँग सहयोगको लागि आग्रह गर्यौ, तर सहयोग पाएनौँ, अनि आफ्नै ट्याक्टर किनेर फोहोर संकलन गरेर ल्याइरहेका छौँ,” उहाले भन्नुभयो, “अब प्रत्येक घरबाट निस्कने फोहोर संकलन गरि ग्यास र जैविक मल उत्पादन बढाउँदैछौ ।”
उद्योग निर्माण गर्न ३ बर्ष लागेको थियो । वीरेन्द्रनगर नगरपालिकालाई स्वच्छ र सफानगरपालीकानिर्माण गर्न यसले महत्वपुर्ण भुुमीकानिर्वाह गर्ने छ । दैनिक ३० टन जैबिक फोहोरप्रयोग गरेमा यसबाट दैनिक७२० किलोग्रामकम्प्रेस्ड नेचुरल ग्यास, ९ टन जैबिक मल र ३०००० लिटर झोल मलउत्पादन हुन्छ ।
उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन संचालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपत समेत घट्ने संचालक ढकालको भनाई छ । गत जेठबाट हामीले ग्यास र जैविक मल उत्पादन शुरु गरेका छौँ । ढकाल भन्नुहुन्छ । “यो ग्यास उत्पादनले सरकारलाई ठुलो सहयोग पुग्ने छ । पहिलो कुरा रासायिनिक मलको प्रयोगलाई घटाउँने र त्यसमा दिने अनुदान हामीले उत्पादन गर्ने जैविक मलमा दिनुपर्छ, जसले गर्दा एकातिर अर्गानिक उत्पादन पनि बढ्छ भने अर्कोतर्फ हामीले फोहोरबाट ग्यास पनि उत्पादन गरिरहेका छौँ, यो गयासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको बार्षिक १८ करोड रकम जोगिन्छ ।”
फोहोरलाई समेत मोहर बनाउन सकिने भन्दै ग्यास प्लान्ट उद्योगले वातावरणलाई समेत सन्तुलन राख्ने उहाको भनाई छ ।
ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उत्पादित ग्यास १४० रुपैयाँ किलो र मल २५ रुपैयाँ किलो विक्रि हुँदै आएको छ ।
सरकारबाट सहयोग नपाएको गुनासो
ढकालले व्यक्तीगत लगानीमा संचालन गरेको ग्यास र जैविक उत्पादन उद्योग संचालनको लागि सरकारबाट सहयोग पाउन नसकेको गुनासो गर्नुभएको छ । उहाले सरकारले गर्नुपर्ने लगानी व्यक्तीले गर्दा पनि सरकारले सहयोग गर्न नसकेको गुनासो गर्नुभयो ।
“मैले यो उद्योग संचालनको लागि वीरेन्द्रनगर नगरपालिकासहित प्रदेश सरकारको समेत सहयोगको अपेक्षा गरेको थिए । तर सहयोग पाउन सकिन, करोडौं लगानी गरेर स्थापना गरियो, पहिले जग्गा नै पाउन सकिन । नगरपालिकासँग फोहोर ल्याइदिने व्यवस्था मात्रै गरिदिनुहोस भन्दा पनि सहयोग पाइन ।”
उहाले उत्पादनको लागि चाहिने मेसिनहरु मर्मत गर्नुपरे पनि भारतमा लैजानुपर्ने बाध्यता आफुलाई रहेको भन्दै ठुलो लगानी गरेर स्थापना गरेको उद्योग चलाउन सहज बनाइदिन सरकारसँग माग गर्नुभयो । उहाले २० बर्षपछि सरकारकै स्वमित्वमा उद्योग दिइने समेत जानकारी गराउनुभयो ।
मन्त्री विसीद्वारा निरिक्षण
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले ग्यास प्लान्ट उद्योगको निरिक्षण गर्नुभएको छ ।
निरिक्षणपछि उहाले कर्णालीमै व्यक्तीगत रुपमा यती ठुलो लगानी गरि उद्योग स्थापना गर्न सफल भएको भन्दै सरकारले लिएको नीतिलाई समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्युनिकरण र प्रदेशलाई अर्गानिक प्रदेश बनाउने नीति लिएको भन्दै फोहोरबाट ग्यास र जैविक मल उत्पादनले सरकारलाई सहयोग पुगेको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले शुरुदेखि नै अर्गानिक प्रदेश बनाउने योजना बनाएको छ, यो योजनालाई यस्ता उद्योगहरुले सघाउ पुग्छ भन्ने मलाई विश्वास छ । अहिले टनका टन जैविक मल उत्पादन भइरहेको छ, अब रासायिनिक होइन, जैविक मलमा अनुदान सरकारले दिनुपर्छ । मन्त्री विसीले भन्नुभयो,” त्यतीमात्रै अहिले विश्वव्यापी चुनौती बनेको जलवायु परिवर्तनको असर न्युनिकरणमा समेत सघाउ जैविक उत्पादनले सघाउ पुगेको छ ।
उहाले कर्णाली प्रदेश सरकारले उद्योग क्षेत्रमा लगानी गर्नेलाई प्रोत्साहन गर्ने भन्दै मन्त्रालयको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।
सुर्खेत वीरेन्द्रनगरमा फोहोरबाट ग्यास उत्पादन शुरु
सुर्खेत वीरेन्द्रनगरमा फोहोरबाट ग्यास उत्पादन शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

